add frist

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार

बुटवल । समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीको संयोजकमा विनोद परियार चयन भएका छन् । सोमबार बुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीमा परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ, सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् ।

बैठकमा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज समेत रहेका बरीष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले समाजवादी प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशमा संगठन विस्तारको क्रम रुपन्देहीबाट अभियानको रुपमा थालनी गरिएको बताउंदै लुम्बिनी प्रदेशका सबै जिल्लामा कमिटी निर्माण गरिने बताए । उनले समाजवादी प्रेस सगंठनले श्रमजीवी पत्रकारहरुको नेतृत्व गर्ने समेत दावी गरे ।

एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे, संयोजक शिव सुवेदी लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु