add frist

एक सय दिन पूरा भएको अवसरमा बुटवल १० को सरसफाई कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १० को निर्वाचनपछिको एक सय दिन पूरा भएको छ । वडाले नयाँ जनप्रतिनिधि पाएलगत्तै पदभार ग्रहण गरेको बुधवार सय दिन पूरा भएको बुटवल उपमहानगरपालिका वडा न–१० को कार्यालयले जनाएको छ ।

वडाको एकसय दिन पूरा भएको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ कार्यक्रममा टोलका अध्यक्षहरु, सामाजिक व्यक्तित्व, रामनगर फोहोरमैला व्यवस्थापनका प्रतिनिधि, स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतहरुको सहभागी रहेको थियो ।

वडामा नयाँ जनप्रतिनिधि आएपछि गरिएका कामहरुको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वडाले महत्वपूर्ण ९ वटा कामहरु गर्न सफल भएको जनाएको छ । वर्षातको समयमा वर्षाैंदेखि रामनगरबासीहरुका लागि निकै चुनौतीपूर्ण एवं ढल निकास नभएकाले बस्तीमा पानी पस्ने समस्यालाई सयदिन भित्र आफुहरुले उक्त समस्यालाई हल र योगिकुटी चोकदेखि ३० मिटर पूर्वतिर पर्ने ५० फिट भित्र पर्ने घरलाई भत्काएको वडा न–१० वडाध्यक्ष बलबहादुर पुनले बताए ।

उनले अघिल्लो जनप्रतिनिधिको पालादेखि बाटोमा पर्ने घरलाई सडकको क्षेत्राधिकार पर्ने सम्म हटाउन नसकेको जटिल बन्दै गएको समस्यालाई वडामा बसेको सर्वदलीय बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै उक्त सडक सिमा भित्रपर्ने संरचना भत्काइएको बताए ।
कार्यक्रममा एकसय दिनभित्र गरेका कामहरु चौराहदेखि रामनगरसम्म नाली सरसफाइ, चौराहदेखि योगिकुटीसम्म नाली सरसफाइ, सीमा पथदेखि हाटबजार जाने बाटोमा रहेको घर फार्ने, जन्म र मृत्यु भएकाहरुलाई सहज रुपमा घरमै पुगेर दर्ता प्रमाण पत्र प्रदान गर्ने निर्णय, ८० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा असक्तहरुलाई घरमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको, टोल नं ६ को सामाजिक भवन शिलान्यास गरिएको, घर घरमा जनप्रतिनिधिको अनुभव गर्नका लागि स्टिकर टाँस गरिएको, पिकनिक स्थल रामनगर सामुदायिक वनमा प्रस्तावित अगाडि बढेको र कालिका नगर टोल न–५ मा विद्युत पोल गाड्ने कार्य सम्पन्न गरेको जस्ता कार्यहरु सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु