बुटवल उपमहानगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक: महिला सशक्तिकरण विशेष योजना

बुटवल,असार । बुटवल उपमहानगरपालिकाले आ.व २०७९/०८० को निति तथा कार्यक क्रममा महिलाहिंसा मुक्त समाज निर्माण गर्न र महिला शसक्तिकरणका लागि विशेष योजना ल्याएको छ । १९ वटा वडामा महिला का हक अधिकार लैङ्गिक समानता, समावेशीता र सामाजिक परिचालनमा पहिलाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन गर्ने उद्देश्यले निति तथा कार्यक्रम ल्याइएको हो। बुधबार निति तथा कार्यक्रममा प्रस्तुत गर्दै पछिल्लो समय महिला हिँसा वृद्धि हुँदै गएकोले महिला विरुद्ध हुने गरेका सबै हिसां, यौनशोषण, दुर्व्यवहार र बालविवाह रोक्न सम्पूर्ण महिलाहरुले सुन्य सहनशिलता का साथ आवाज उठाउन सक्ने वातावरण सहित समाजको निर्माण गर्न निति बनाइएको बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले बताए । महिलाहरुका हक हित र सामाजिक सुरक्षा , शिक्षा, स्वास्थ्य मा विशेष रोजगारी सिर्जना गर्ने उद्धेश्यले योजना तथा निति ल्याएको मेयर खेलराज पाण्डेले बताए।
जसमा लैङ्गिक समानता, समावेशीता र सामाजिक परिचालन मा महिला तर्फ बुटवल भरिका सबै गृहिणी आमा, दिदी,बहिनीहरुलाई रोजगारसँग जोड्न गृहिणी रोजगार कार्यक्रम ल्याउन पहिलो तहमा तालिमको व्यवस्था गरिने र सबै उपयुक्त उत्पादनमा बुटवल उपमहानगरपालिकाको उत्पादन चिन्ह लगाई कोशेली भवन मार्फत विक्री वितरण गर्ने निति रहेको छ।
निति तथा कार्यक्रममा विगतदेखि संचालनमा आएको महिला शिल्पकलालाई पुर्नसंरचना गरि महिला उद्यमविकासका कार्यक्रमसँग आबद्ध गर्ने योजना रहेको छ।
लैङ्गिक तथा घरेलु हिँसा, यौनशोषण, दुर्व्यवहार, बालविवाह लगायत जोखिममा परेका बालबालिका, अपाङ्गता भएका व्यक्ति,एकल महिला तथा यौनिक अल्पसंख्यक हरुलाई दृष्टिगत गरी अवसर सहित हित प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम संचालन गरिने उल्लेख छ । आवश्यक पर्ने पिडित महिला तथा बालबालिका हरु र असहाय अशक्त हरुका लागि सुरक्षित आवास आश्रमको व्यवस्था गरि विभिन्न संस्थासंग सहकार्य मा मिलाउने उल्लेख छ। महिला जनप्रतिनिधिहरु लगाएत सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्रमश क्षमता विकास गर्दै लगिने निति बनेको छ। अपाङ्ग, अशक्त,गर्भवती र सुत्केरी महिलाहरुलाई नगरबाट प्रदान गरिने सेवामा अग्राधिकार दिइने स्पष्ट निति ल्याएको छ।
महिलाहरुलाई क्रमश: नगरपालिकाका संरचनाहरुमा सहभागिता वृद्धि गर्दै लगिने उल्लेख छ। किशोरी जागरण जीवन उपयोगी सीप सम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गर्ने रहेको छ ।