बुटवलकै नमुना वडा बनाउने सीता थापाकाे उद् घाेष

बुटवल,बैशाख । यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन २०७९ को नेकपा एमालेको तर्फबाट बुटवल उपमहानगरपालिका,वडा नं ७ का वडा अध्यक्ष उमेदवार सीता कुमारी थापाले वडा लाई बुटवलकै नमुना वडा बनाउने प्रतिवद्दता सार्वजनिक गरेकि छिन । वडा न ७मा नेकपा एमाले ले वडाको समग्र आर्थिक, सामाजिक, भौतिक, सास्कृतिक साथै चौतर्फी विकासका निम्ति निम्ति बुटवल कै नमुना वडाको रुपमा समृद्ध र समुन्नत बनाउन काम गर्ने सङ्कल्पका साथ प्रतिवद्धता पत्र सार्वजनिक गरेको हाे ।
यस्तो छ अध्यक्ष का उमेदवार सीता थापाले जारि गरेकाे प्रतिवद्दता पत्र
१. वडा नं ७लाई पर्यटकीय तथा व्यापारिक केन्द्रको रूपमा विकास गर्ने।
२. वडामा रहेको खानेपानी समस्या समाधान गर्ने।
३.वडाको बाटोको दुबैतर्फ फुटपाथ सहितको हरियाली तथा सौन्दर्य करण र स्मार्ट लाईट जडान कार्य अगाडिबढाउने।
४ . पर्यटकीय स्थल हिलपार्कलाई थप विकास र विस्तार गर्ने ।
५. सोमबारे हाट बजारमा व्यवस्थित बहुतल्ल व्यवसायिक भवन निर्माण सम्पन्न गर्ने, कृषि हाटबजार लाई व्यवस्थित गर्ने।
६. बृद्ध भत्ता,एकल महिला भत्ता,अपाङ्ग भत्ता, सामाजिक सुरक्षा लगायतका भत्ता वितरण कार्य मा थप व्यवस्था गर्ने।
७. आम्दा अस्पताललाई स्तरोन्नति गरि सिटी अस्पतालको रुपमा स्थापित गर्न पहल गर्ने।
८.शिवनगर सामुदायिक वनलाई पर्यटकीय वनको रूपमा विकास गर्ने।
९ं संवेदनशील क्षेत्रमा CCTV Camera जडान गरी अपराध न्यूनिकरण गर्ने।
१०.बालबालिका, जेष्ठ नागरिक,असाहयको संरक्षण र हित, प्रवर्द्धन का लागि विशेष कार्यक्रम ल्याउने।
११.युवा, महिला, आदिवासी जनजाति, दलित उत्थान का लागि कल्याण कारी कार्यक्रम मा निरन्तरता दिने।
१२. गरिबी न्यूनीकरण को लागि प्राविधिक सिपमुलक शिक्षा तथा तालिम संचालन गर्ने।
१३. वडा भित्र रहेका विभिन्न जातजाति , समूदाय को भाषा,कला, सस्कृति को संरक्षण गर्दै धार्मिक स्थल,मठ, मन्दिर संरक्षण, सम्बर्द्धन र व्यवस्थित गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्य लाई निरन्तरता दिने।
१४. वडामा खेलकुद समिति गठन गरी समग्र खेल क्षेत्रको विकास गर्ने।
१५. सामुदायिक मेलमिलाप केन्द्र को स्थापना गर्ने।
१६. वडामा निर्माण हुने हरेक संरचनाहरू अपाङ्ग मैत्री , महिला मैत्री तथा बालमैत्री बनाई सबैको लागि उपयोगी बनाउने, शारीरिक रुपमा अशक्त हरूका लागि अपाङ्ग मैत्री कार्यक्रम संचालन गर्ने।
१७. समाजमा विद्यमान विकृति, विसंगति, छुवाछुत तथा विभेद, हिंसा को अन्त्यको लागि जनचेतना मूलक कार्यक्रम हरु संचालन गरी समतामूलक समाज निर्माण मा आवश्यक पहल गर्ने।
१८. वडाका योजनाहरू कार्यान्वयन का लगि गठित उपभोक्ता समिति, निर्माण समिति,टोल विकास समितिलाई तालिम दिई सक्षम बनाई विना झन्झट कामको फछ्यैाट हुने वातावरण सिर्जना गर्ने।
१९. वडाको सरसफाई,ढल व्यवस्थापन , फोहोर उत्सर्जन,संकलन र निष्कासनको सेवालाई व्यवस्थित गर्ने।
२०.महिला स्वरोजगार का लागि प्राविधिक सीपमुलक तालिम संचालन,आत्म रक्षा तालिम ,महिला स्वास्थ्य एंव महिला सशक्तिकरण कार्यक्रम ल्याउने।
२१. हिलपार्कदेखि मनकामना मन्दिर हुँदै शिवनगर सामुदायिक भवन सम्म पदयात्राको लागि आवश्यक ट्र्याक निर्माणको लागि पहल गर्ने।
२२.वडा भित्र रहेका सम्पूर्ण सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने।
२३. शिद्धेस्वर माविको प्राङ्गणमा रहेको ऐतिहासिक ठाँटीलाई संरक्षण गर्दै जेष्ठ नागरिक मिलन केन्द्र को रूपमा विकास गर्ने।
२४.सामूदायिक विद्यालय श्री शिद्धेश्वर लालकुमारी माविलाई सुविधा सम्पन्न बनाई पठनपाठन लाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने।
प्राविधिक शिक्षालयको रुपमा बिकास गर्ने।
२५. चक्र पथ निर्माण को कार्यलाई निरन्तरता दिने।
२६. वडामा लागु औषध तथा दुर्व्यसनी नियन्त्रण र जनस्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गर्ने।