घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था र कार्यन्वयनकोे बारेमा अन्तरक्रिया

बुटवल, साउन । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा घरेलु हिंसा सम्बन्धि कानुनी पक्षको विषयमा छलफल सम्पन्न गरेको छ ।
नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल , जनप्रतिनिधि वडा नं.४ सदस्य सुरेन्द्र श्रेष्ठ,उच्च अदालत बार एशोशिएशन उपाध्यक्ष ज्ञानु के.सि. कानुन व्यसायी , शिक्षक, कानुनका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
घरेलु हिंसा सम्बन्धि कानुनी व्यवस्था तथा चुनौतीबारे आगामी दिनमा पनि छलफल हुने र संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले सत्यदीप सन्देशलाई बताउनुभयो ।
संवाद केन्द्रले यस अघिपनि सरोकालवालासँग नेपालको संविधान बमोजिम समावेशीकरणका सवालहरु,बिद्यमान कानुनी व्यवस्था र कार्यन्वयनका अबस्था,नेपालमा अंश सम्बन्धि कानुनी व्यवस्थाका बिषयमा छलफल गरेको थियो ।