गृहपृष्ठ आज ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
आज ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं,कार्तिक । नेपालमा आज ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।