आज २९५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

बुटवल, कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर परीक्षणमा २६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ ।