add frist

कोरोनाको तेस्रो लहरको संकेत बढ्दै

काठमाडौं, साउन । कोरोनाको दोस्रो लहर कमभएसँगै मानिसहरुले यसले पुर्‍याएको क्षतिलाई विर्सिएर फेरि पुरानै शैलीमा अघि बढेका छन् । सडकमा दलका जुलुश । ठूला जमघट, अनि सार्वजनिक सवारीमा उस्तै भीड । बाहिर हेर्दा यस्तो लाग्छ मानौ कोरोना हामीबीचबाट गायव भैसक्यौ । तर केही दिनयताका संकेत शुभ छैनन् । संक्रमितको संख्या बढ्न थालेको छ । विज्ञहरुले संक्रमणको तेस्रो लहरको आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै पटक पटक सचेत गराइरहेको छ । मन्त्रालयले उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन अस्पतालहरुलाई निर्देशन दिइसकेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनजीवन चलायमान भएसँगै संक्रमितको संख्या उल्लेख रुपमा बढ्न थालेका हो । साउन १ देखि १० गतेसम्म २१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । १० दिनको अवधिमा १ लाख १५ हजार बढी व्यक्तिको परीक्षण गरिएको थियो । यो संख्या परीक्षणको तुलनामा करिव १९ प्रतिशत हो । पछिल्लो केही दिनमा त २५ प्रतिशतसम्म संक्रमित भेटिएका छन् । संक्रमणकै बीचमा सबै क्रियाकलाप खुकुलो भएकाले संक्रमितको संख्या बढ्न थालेको भन्दै सरुवारोग विशेषज्ञ डाक्टर शेरवहादुर पुनः यही अवस्था रहे तेस्रो लहर आउने संम्भावना उच्च रहेको बताउनुहुन्छ ।

हाल ११ जिल्लामा ५ सयमाथि सक्रिय संक्रमित छन् । जसमा सबै भन्दा धेरै काठमाडौं उपत्यकामा भेटिने गरेका छन् । यहाँ ८ हजार सक्रिय संक्रमित छन् । गण्डकी र कर्णाली प्रदेशमा समेत संख्या उल्लेख रुपमा बढिरहेको छ । सरुवारोग विशेषज्ञ डा। पुन नयाँ भेरियन्टको उत्पत्ति र भाइरसको म्युटेनसन दरले नयाँ लहरको संभावनालाई बढाउने बताउनुहुन्छ । नेपालमा अहिले अल्फा, डेल्टा र कप्पा भेरियन्ट देखिरहेको छ । पहिलो भन्दा दोस्रो लहरको संक्रमणमा धेरै क्षति व्यहोर्नु परेको अवस्थालाई नभुली सम्भावित तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले पूर्व तयारीमा जोड दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु