आज १०५ जनामा कोरोना पुष्टि, २८८ जना डिस्चार्ज

काठमाडौं, माघ । नेपालमा आज आइतबार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसतै आज २ सय ८८ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सक्रिय संक्रमित २ हजार ५९४ रहेको छ ।
नेपालमा कुल संक्रमितको सख्ंया भने २ लाख ७० हजार ९ सय ५९ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ । यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।