add frist

आज १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, पुस । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कोस्ल मिश्राले नियमित प्रेस ब्रिफिङमा सो जानकारी सो बारेमा जानकारी दिनुभयो ।

डा. मिश्राका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा १ हजार १६७ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएका छन् । तीन अंकमा झरेको संक्रमण दर आजबाट चार अंकमा पुगेको छ ।

यस्तै आज २ सय २४ जना निको भएका छन् । थप २ जनाको संक्रमितको मृत्यु भएको डा. मिश्राले बताउनुभयो । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु