आज थपिए २४२१ जना कोरोना संक्रमित, ३५५८ जना निको

काठमाडौं,असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख ५६ हजार ८ सय ९१ पुगेको छ ।
जसमध्ये ६ लाख २७ हजार ८ सय ५४ जनाको पीसीआर र २९ हजार ३७ जनाको एन्टिजेन पुष्टि भएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा गरिएको कुल १२ हजार ४ सय १४ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण ८१ जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । यसैगरी हालसम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।