गृहपृष्ठ एकै दिन ६०० बढीमा कोरोना पुष्टि, २ जनाको मृत्यु
एकै दिन ६०० बढीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

बुटवल,साउन । आज एकै दिन ६०० बढीमा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।