add frist

नेपालमा कोभिडको जोखिम उच्च :स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ.७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरीयन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन ।

यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु