आज २३२८ संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, असार । देशभर २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत पुगेको छ। यो अवधिमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।