add frist

२०७७ सालको अन्तिम दिन आज नेपालमा ५१७ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं, चैत । नेपालमा विस २०७७ सालको अन्तिम दिन आज ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५ हजार १०३ जनामा आरटिपिसिआर र एन्टिजेन विधिद्वारा परिक्षण गर्दा ५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै आज १५३ जना निको भएका छन् । अब नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ । यस्तै आज ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु