नेपालले केन्यालाई ४ विकेटले हरायो

बुटवल । तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले केन्यालाई ४ विकेटले हराएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो ।
उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक, एक विकेट लिए ।
यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एकको अग्रता लिएको छ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका पनि छ ।