मोतिपुरमा बृहत निःशुल्क स्वास्थ शिविर संञ्चालन हुदै

बुटवल । बुटवल–१७,मोतिपुरमा भदौ २५ गते बृहत निःशुल्क स्वास्थ शिविर संञ्चालन गरीने भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नं. १७ को आयोजना र दाह्री ग्याङ रुपन्देहीको सह–आयोजनामा वडा कार्यालय मोतिपुर परिसरमा बृहत निःशुल्क स्वास्थ शिविर तथा मुखको स्वास्थ परिक्षण गर्ने भएको हो ।
भाद्र २५ गते विहान ९ः०० बजेदेखी सञ्चालन हुने उक्त कार्यक्रमको प्राविधिक सहकार्य भने मेडिटेक अस्पताल प्रा. लि. र आधुनिक समाज डेण्टल केयर प्रा.लि. ले गर्ने आयोजकले जनाएको छ ।
उक्त शिविरमा फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग, मुत्र रोग, दात, मुख तथा गिंजा सम्बन्धी रोगको परिक्षण तथा स्वास्थ सम्बन्धी परामर्श प्रदान गरिने छ ।
मोतीपुर वासी तथा सो आसपासमा रहनुहुने स्थानियलाई सो अवसरमा लाभ लिनुहुन सम्पुर्ण नगरवासीहरूलाई आयोजकले अनुरोध गरेको छ ।
हरेक महिना सामाजिक काम गर्दै आएको दाह्री ग्याङ रुपन्देहीले केही दिन पहिले मात्रै मोतीपुर मा.वि.मा शिक्षा सरोकारवाला र अभिभावकका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको दाह्री ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले जानकारी दिए ।