दारी ग्याङ रुपन्देहीले निःशुल्क ट्युसन कक्षा सञ्चालन

बुटवल । दारी ग्याङ रुपन्देहीले २०७९ असार देखि शुरु गर्ने गरि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्क स्थित दुर्गा भगवती मन्दिर परिसरमा बसेको दोश्रो मासिक वैठकले सो निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य संयोजकमा सन्तोष खरेल र आइटी संयोजक मधु पन्थ लाई चयन गरेको छ । कार्यक्रमा बोल्ने वत्ताहरुले दारी ग्याङ को इतिहासमै पहिलोपटक दारी ग्याङ रुपन्देहीले स्वास्थ्य संयोजक चयन गरेकोमा खुसी ब्यक्त गरे । दारी ग्याङ को देशैभरी केन्द्र, प्रदेश हुदै विभिन्न जिल्लामा जिल्लागत कार्यसमिति रहेको छ ।
दारी ग्याङल रुपन्देहीले समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय,अपाङ्ग र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष भरत पौडेले जानकारी दिए ।
बैठकले दारी ग्याङको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशन गर्ने, उपसमिति गठन गरिने निर्णय गर्दै सम्पन्न गरेको छ ।