add frist

चाडपर्वको मुखैमा आकासियो बजार मुल्य

बुटवल । नेपालीहरूको महान चाडपर्व दशै, तिहार नजिकदै छ । तर बजारमा चाडपर्वको मुखैमा बजार मुल्य भने आकासिएको छ । दशैं दशा बन्ने प्रक्रियामा रहेको बेला यसलाई नियन्त्रणकोलागि सरोकारवाला निकायले खासै ध्यान दिन सकेकै छैनन् । दैनिक उपभोग्य सामानको भाउ एका एक आकासिदा खासगरी दैनिक जिविकोपार्जन गरेर जिवन निर्वाह गर्दैै आएकाहरुकोलागि थप समस्या भएको छ । आम मानिसको दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडा देखि तरकारीको मुख्य ह्वात्तै बढेको छ ।

सरकारले प्रभाकारीरुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरुले चाडपर्व मौका छोपेर मुल्य बढाउने गरेका छन् । बजारमा दशैतिहारको किनमेल सुरु भएको छ । दशैलाई लक्षित गरेर सरकारले बिभिन्न स्थानमा सस्तो बजार भनेर दैनिक उपभोग्य समान उपलब्ध गराएपनि खुद्रा पसलमा उपभोग्य दैनिक उपभोग्यबस्तुको मुल्य आफु खुसी बढाइरहेको छन ।

अहिले बजारमा आटा, मैदा, चिनी र तेलको मूल्य बढी रहेको छ । १५ दिनमा दैनिक उपभोग्य बस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको छ । केहीदिनदेखि उद्योगले मुल्य बढाउँदै डिलर र बिक्रेताहरूलाई खाद्य सामग्री बढाइरहेका हुन । चार्डवाड नजिकदै गरेको समयमा दुधको मुल्य बढेसंगै अन्य खाद्य बस्तुको समेत व्यपारीहरुले मुल्य बढाइरहेका छन । बजारमा आम उपभोक्ताको भान्सामा पाक्ने खानेकुरा देखि लगाउने लत्ता कपडाको मुल्य दिनानुदिन बढिरहेको छ । नेपालीको चार्डपर्वमा मिठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारण समेत व्यपारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन । जसको कारण लगाउने देखि खानेकुरामा कृतिम रुपमा मुल्य बृद्धि गराइरहेका छन । यसरी बजारमा कृतिम अभाव सृजन गर्ने र आम उपभोक्तालाई ठग्ने बिचौलियाको कारण मुल्य बृद्धिले जनताको ढाड सेकिएको छ । अहिले बजारमा ५ किलोको २ सय रूपैयाँ पर्ने घडि आटा अहिले ३ सय ६० रूपैयाँमा पुगेको छ । १ सय ९५ रूपैयाँको घराना आटा २ सय ४५ रूपैयाँ पुगेको छ । प्रति क्युण्टल ४ हजार ५ सय ५० रूपैयाँ पर्ने आटा अहिले ५ हजार ८ सय रूपैयाँमा पुगेको छ । प्रायः सबै व्यवसायीले सरकारले इन्धनको मूल्य र सवारी तथा ढुवानीको भाडा बढाएकाले मूल्य बढेर आएको ग्राहकहरूलाई बताउने गरेका छन् । बुटवलका सबै खाद्यान्न व्यवसायीले मूल्य बढाएका छन् । उद्योगीहरूले भने नेपालमा इन्धन र यातायातको भाडा बढेर नभई भारतमा गहँु र तोरीको मूल्य बढेकाले नेपालमा खाद्यान्नको मूल्य बढेको बताएका छन् । नेपालको गहँु र तोरीले नपुग्ने भएकाले भारतबाट ल्याउँदा दुवैको मूल्य बढेकाले मुल्य बढाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि चिनिको मुल्य पनि बढेको छ । थोकमूल्य बढेपछी व्यवसायीहरूले पनि मुल्य बढाएका छन । मूल्य बृद्धिसँगै बजारमा अखाद्य बस्तुको बिक्री बितरण पनि बढन थालेको छ । मूल्य बढ्दा बजारमा म्याद सकिएका र गुणस्तरहिन बस्तुको बिक्री पनि सस्तो मूल्यका नाममा बिक्री हुने गर्दछ ।

त्यस्तै प्रति १० पोका २ हजार २ सय मा पाइने स्थानीय तोरीको तेल २ हजार ९ सय, धारा तोरीको तेल २ हजार ४ सयबाट ३ हजार २ सय र २ हजार १ सयमा पाइने भटमासको स्थानीय तेल २ हजार ७ सय तथा १ हजार २ सयमा पाइने स्वस्तिकको २ हजार ७ सय ५० रूपैयाँ पुगेको छ ।

त्यस्तै प्रति क्वीन्टल ८ हजार १ सयमा पाइने चिनी अहिले ८ हजार ८ सय रूपैयाँ पुगेको छ । बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा कृतिम मंहगी बढ्ने गरेको थियो । त्यसलाई नियन्त्रण गर्न नसक्दा अहिलेपनि कालोबजारी गर्ने ब्यापारीले आफुखुसी मुल्य बृद्धि गरीरहेका छन । बजारमा समान अभाव भएको बाहना बनाउदै उपभोक्ताले चर्को मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन ।

चाडपर्व आउदै लाग्दा बजारमा एकाएक मंहगी बढ्न सुरु हुँदा उपभोक्ता मारमा पर्न थालेका छन । यसरी बजारमा चाडपर्वलाई लक्षित गरी काला बजारीहरुले कृतिम मुल्य निर्धारण गर्दा समेत सरकारी तरवरमा हुने अनुगमन अनुगमनै सिमित हुने गरेको छ । सरकारले आफना उपभोत्तालाई ठग्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा मंहगीले जनताको ढाड सेक्ने काम गरेको छ । यसबारे सरकारी सयन्त्र चनाखो बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु