can
test3

गृहपृष्ठ गुल्मीमा चुनावि नारा एक घर एक धारा तर अझै डोको मा पानी बोकि हिड्न बाध्य छन गुल्मेलि सारा

गुल्मीमा चुनावि नारा एक घर एक धारा तर अझै डोको मा पानी बोकि हिड्न बाध्य छन गुल्मेलि सारा

असार २० गुल्मी । गुल्मीमा चुनावि नारा बनेको एक घर एक धारा जनतालाई एका देशको कथा बनेको छ । गुल्मीमा असार लाग्दा सम्म पनि पानीको समस्य हट्न सकेको छैन बर्खा लागेतापनि गुल्मीका केही ठाउँमा भने खानेपानीको चरम समस्या हुदै आएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तीघाट बजार मै पनि खानेपानीको चरम समस्या रहिआएको छ । त्यति मात्रै होइन त्यसक्षेत्र आसपासमा खानेपानीको समस्या नै रहेको छ ।  त्यस्तै गुल्मीमा इस्मा गाउँपालिका , मालिका गाउँपालिका तथा रेसुङ्गा नगरपालिकाका केही विकट ठाउँमा पनि अझै खानेपानी डोको र गाग्रोमा बोक्नुपर्ने अवस्था रहेको छ ।  गुल्मीमा १२ वटै स्थानीय तहका अलिक बिकट मानिने ठाउँमा खानेपानीको समस्या हुँदै आएको छ । असारको अन्तिम बर्खामा पनि कुनै ठाउँका डोको र गाग्रोमा पानी बोकेर खानुपर्ने अवस्था रहेको छ । कुनै ठाउँमा आकाशेपानी ट्याङ्कीमा राखेर बर्षौँ त्यही पानी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।  गुल्मीको सदरमुकाम तम्घासमा पनि चाहिएजति पानी खर्चिन सक्ने अवस्था अझै रहेको छैन ।

केहीतल नदि छ, तर बजारमा खानेपानी समस्या   

गुल्मीको कालीगण्डकी गाउँपालिकामा भने पानी नभएको भने होइन,तर ब्यबस्थापन भने हुन सकेको छैन । पुर्तीघाट स्वास्थ्य चौकी प्रमुख कमला सुनादी मगरले केही तल नदि नै बगेको छ तर बजारमा खानेपानी समस्या हुनु निकै दुखद बिषय बनेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा बिरामीलाई खानेपानी बोकेर लिएर खुवाउनु पर्ने अवस्था रहेको बताउनुभयो । साथै त्यहाँका स्थानियहरुले केहि तल नदी बग्नु,बगेको आवाज पनि सुनिनु तर बजारमा खानेपानी समस्या हुदाँ आक्रोस ब्यक्त गरेका छन् ।  तर कालीगण्डकी गाउँपालिकाले भने खानेपानी समस्या समाधान गर्न आफुहरु लागि परेको प्रतिक्रिया दिएको छ । गाउँपालिकाले आफ्नो कार्यालयमा पनि खानेपानी समस्या नै भएकोले ध्यानाकर्षण भएको बताएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापाले खानेपानीको समस्या समाधान गर्न गाउँपालिका लागि परेर अगाडि बढ्ने बताए । गुल्मीका केही ठाउँमा मात्रै बर्खामा पनि खानेपानीको समस्या हुँदै आएतापनि हिउँदमा भने अधिकांश ठाउँमा खानेपानीको समस्या रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु