test3

गृहपृष्ठ विद्युतीय व्यवसायी संघको भवन शिलान्यास

विद्युतीय व्यवसायी संघको भवन शिलान्यास

असार,बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिकाको–७ दल्कामा विद्युतीय व्यवसायी संघको भवन तथा किरियापुत्री भवनको एक कार्यक्रमका बीच शिलान्यास गरेको छ । तिलोत्तमा नगरपालिकाल उपलब्ध गराएको ३ कठ्ठा जग्गामा संघल आफ्नोे भवन तथा किरियापुत्री भवन बनाउन लागेको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आथित्यतामा भवनको सिलान्यास गरिएको हो । । कार्यक्रममा नगर प्रमुख घिमिरेले व्यवसायी संघको भवन र किरियापुत्री भवन सरकारले बनाउनु पर्नेमा एउटा व्यवसायिक संस्थाले बनाउन लागेकोमा खुसी व्यक्त गर्दै भवन निर्माणका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।  तिलोत्तमा नगरपालिकाले सामाजिक उत्तरदायित्व बोध गर्नका निम्ति रुपन्देही विद्युतीय व्यवसायी संघलाई आफ्नो भवन र किरियापुत्री भवन बनाउन जुन किसिमको विश्वास व्यक्त गर्नृुभयो, सोहीे बमोजिम संस्थाले जग्गा प्राप्त गरेपछि भवन निमार्ण कार्य छिटो सम्पन्न गर्न सबैबाट सहयोग रहनु पर्ने रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । बताए । उक्त भवन निर्माणका लागि ६० देखी ७० लाखको बजेट खर्च हुने अनुमान गरिएको छ ।  कार्यक्रम अध्यक्ष प्रकाश चन्द्र पाण्डेयको अध्यक्षतामा विशिष्ट अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेल रहेका थिए । उहाँले बोल्दै रुपन्देही विद्युतीय व्यवसायी संघ नेपाल भरिकै उत्कृष्ट संस्था रहेका र सामाजिक एवम् व्यवसायिक हकहितका दृष्टिकोणले विगतदेखी काम गर्दै अब्बल स्थानमा रहेको बताए । उनले आफ्नो भवन तथा किरियापुत्री भवन शिलान्यास गरी संस्थाले अर्काे खुड्किलो पार गर्दै अगाडी बढेको बताउदै भवन निर्माणका लागि १ लाखको चेक हस्तान्तरण गर्दै केन्द्रबाट जुनसुकै सहयोग गर्न व्यक्तिगत तथा संस्थाको तर्फबाट तयार रहेको बताए । कार्यक्रम रुपन्देही विद्युतीय व्यवसायी संघका पदाधिकारी, टोल विकास समितिका अध्यक्षहरु,करहिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका वरिष्ट उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो । शिलान्यास कार्यक्रमको स्वागत मन्तव्य तिलोत्तमा गाउँ नगर समिति अध्यक्ष दुर्गा पाण्डेयले गरेका थिए भने कार्यक्रमको सन्चालन रुपन्देही विद्युतीय व्यवसायी संघका महासचिव लेखनाथ पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु