add frist

गृहपृष्ठ बिजयपुर खोलामा पुल उद्घाटन मादीबासी हर्षित

बिजयपुर खोलामा पुल उद्घाटन मादीबासी हर्षित

पोखरा। पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा पुल बनेको छ । पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडक खण्ड अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित बिजयपुर खोलामा मोटरेबल पुल बनेको हो । २ वर्षअघी पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेको पुलको सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरे ।

२५/२५ मिटरको २ वटा स्पान राखेर बनाइएको यो पुलको लम्बाई ५४।१७ मिटर छ । ११ मीटरको चौडाई रहेको पुलको दायाँ/बायाँ दुबैतर्फ १।५ मिटरको फुटपाथ रहेको छ । ८ करोड १५ लाख १९ हजार २ सय ९७ रुपैयाँ लागत अनुमान गरिएपनि ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । रायमाझी÷द क्याराभान जेड।भी।काठमाडौंले २०७५ साल असार २१ गते सम्झौता गरेर २०७७ साल असोज १८ गते निर्माण सम्पन्न गरेको उनले बताए ।

पुल निर्माण भएसँगै मादीबासी हर्षित भएका छन् । पुल निर्माण भएपछि मादी गाउँपालिकाको पर्यटकीय गाउँहरु सिक्लेस, ताङतिङ, याङ्जाकोट, खिलाङ, भाचोक क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने स्थानिय जनप्रतिनिधि हुमनाथ अधिकारीले जानकारी दिए । बिजयपुर खोलामा पुल नबन्दा त्यस क्षेत्रका बासिन्दालाई बर्खा याममा आवतजावतमा समस्या हुने गरेको थियो । बिजयपुर खोलामा बाढी आएको समयमा कयौं दिनसम्म पोखरा–सिक्लेस सडकमा गाडीपनि नचल्ने र स्थानियपनि आवतजावत गर्न सक्दैनथे । अब पुल बनेपछि भने राहत हुने जनप्रतिनिधि अधिकारीको भनाई छ ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा गरिरहेको बताए । उनले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको भन्दै अबको केहि समयपछि रेलको युगपनि शुरु हुने बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उनको दाबी छ । मन्त्री नेम्वाङले विकासको काम भइरहँदापनि आफ्नै पार्टीका केहि नेताहरुले नदेखेको भन्दै भने,आँखा फुटेझैं विकास नदेख्नेहरुले संसद, सभा र विदेशमापनि केपी ओलीले गरेन भनेर बोल्ने गरेका छन् ।’ उनले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा प्रधानमन्त्री ओलीबिरुद्ध षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको जिकीर गरे ।
मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम) ले बिजयपुर खोलामा पुल बनाउने मादीबासीको सयौं वर्षदेखिको सपना अहिले आएर पूरा भएको बताए । उनले अब पोखरा–सिक्लेस सडक खण्डमा पिच गर्नुपर्ने भन्दै यसका लागि बजेट दिन मन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु