add frist

मन्दिर व्यवस्थापनका लागी गाँउ स्तरीय भेला

बुटवल । दुम्सिकोट मन्दिर व्यवस्थापन समितिले गुल्मी छत्रकोट ३ र ५ ले गाँउ स्तरीय भेला कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष धनपती पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम प्रसाद पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले दुम्सिकोटको बिकासको लागी आफुले जसो गर्न पनि तयार भएको बताए । यस ठाँउको बिकास गर्नको लागी आफु स्थानिय निकाय सँग समन्वय गर्ने बताए । मुख्ख धार्मिक तथा पर्यटकको सम्भमव्यता बोकेको बिगत ३०० बर्ष पहिले स्थापित दुम्सिकोट मन्दिरको संरक्षणको लागी सम्पूर्ण गाँउवासीले आफ्नो तर्फबाट जे सकिन्छ सोही सहयोग गर्नको निम्ति आग्रह पनि गरे ।

विशिष्ट अतिथि रू रू गाँउपालिकाका प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले दुम्सिकोट मन्दिरको संरक्षण र प्रर्वद्धन गर्नको लागी यसको ऐतिहासिता,मन्दिर स्थापना हुनुको बिगतको जुन किम्बदन्ति छ जुन धार्मिक आस्था छ यसको संरक्षण गर्नको लागी यस क्षेत्रका सम्पूर्ण वासिन्दाहरू लाग्न जरूरी भएको बताए । विजय दशमी,चैते दशैमा यसको विशेष महत्व हुदाँ सो बेला बिशेष मेला महत्सोव आयोजना गर्ने,दैनिक नित्य पुजा गरेमा दुम्सिकोट मन्दिरको संरक्षण र प्रर्वद्धन गर्न सकिने बताए ।

अतिथि चन्द्र बहादुर महतले मुख्ख धार्मिक तथा पर्यटकको सम्भमव्यता बोकेको दुम्सिकोट मन्दिरको संरक्षणको लागी सम्पूर्ण एकजुट हुनुपर्ने बताए । ३०० बर्ष पुरानो यस मन्दिरको धार्मिककताको बारेमा देश बिदेशमा परिचित गर्ने तरीकाले लाग्नुपर्ने बताए । दुम्सिकोट क्षेत्रभित्र बिकास गर्नको लागी ओझलमा परेका वाटो घाटो,खानेपानी,मठमन्दिर,पैदलमार्ग, स्कुल खेलमैदान,गाँउसभाहल,सामुदायिक भवन,वन संरक्षण,वन्यजन्तुहरूको संरक्षण र प्रर्वद्धन गर्नको लागी सम्पूर्ण गाँउवासी एकजुट हुनको निम्ति आग्रह पनि गरे ।

थमन बहादुर घिमिरेको स्वागत,तिर्थराज पौड्यालको संञ्चालनमा रहेको सो कार्यक्रममा सम्पूर्ण छत्रकोट ३ र ५ का गाँउवासी,समाजसेवि,बुद्धिजिवि,पत्रकार,इन्जिनियर आदीको सहभागीता रहेको थियो ।

भेलाले दुम्सिकोट क्षेत्र विकासको निम्ति छत्रकोट ३ र ५ अन्तर्गत पर्ने दुम्सिकोट खोरबरे,भुटुकचौर,अज्र्याङ्गबास र चित्रीडाँडालाई समट्ने गरी दुम्सिकोट क्षेत्र विकास समिति नामाकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु