test3

गृहपृष्ठ दुरदर्शी महिला सहकारीको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की चयन

दुरदर्शी महिला सहकारीको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की चयन

बुटवल,साउन । दुरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेसन शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य बिमला पन्थिले सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको बताइन । कार्यक्रममा जिल्ला सहकारी संघ रूपन्देहीका कार्यसमिति सदस्य राधा थापा पोखरेलले छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न शहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताइन । कार्यक्रममा महिला मञ्च नेपालकी मधुकला कँुवरले इतिहास देखि वर्तमान सम्म आर्थीक समिक्षा गर्दा शहकारीको योगदान र भूमिका महत्वपूर्ण रहेको बताइन् । सहकारीका अध्यक्ष मिना कार्कीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा शेयर सदस्यका बिभिन्न प्रतियोगितामा उत्कृष्ठ हुने छोरा छोरी, उत्कृष्ठ ऋणी, उत्कृष्ठ शेयर सदस्य लेखा समिति सदस्य, लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम मिना कार्कीको अध्यक्षता, उपाध्यक्ष कल्पना विष्टको स्वागत तथा सचिव शोभा राना को सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच, सधारण सभा तथा अधिवेसनबाट अध्यक्षमा सर्वसहमत मिना कार्की चयन भएकी छन् ।, कल्पना बिष्ट (उपाध्यक्ष), शोभा राना (सचिव), प्रतिभा भुसाल (कोषाध्यक्ष), चयन भएका छन् । सदस्यहरुमा सबिता बि.क., देबि राना, शिला राना गुरूङ्ग, जुनु अर्याल, भुमा खत्री,कालिका कार्की र लक्ष्मी बस्नेत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु