test3

गृहपृष्ठ १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

बुटवल,जेठ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ भएको छ । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ । बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो(रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्स सँग सहकार्य गरेको हो । ‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनु हुने ग्राहकको मन जित्ने कुरामा विश्वस्त छौँ ।’ उनीहरुको भनाई छ । नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु