add frist

गृहपृष्ठ माता मौलाकालिका डेन्टल क्लिनिकको सेवा सुरु

माता मौलाकालिका डेन्टल क्लिनिकको सेवा सुरु

बुटवल। बुटवलको अस्पताललाईनमा माता मौलाकालिका डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । करिव २० लाख लगानीमा सञ्चालन गरिएको उक्त डेन्टल क्लिनिकको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता बिरेन्द्र कानोडियाले शुभारम्भ गर्नुभएको हो ।

युवा व्यबसायी सुरेन्द्र अग्रहरी, निरज तिमील्सिनाको संयुक्त लगानीमा सञ्चालन गरिएको क्लिनिकमा दाँतको परीक्षण, दाँत तथा मुख रोगसंग सम्बन्धित बिषयमा परामर्श, दाँत तथा मुखको एक्स–रे लगायतका सम्पूर्ण सेवा प्रदान गरिने छ । दाँत तथा मुख रोग विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले दाँत तथा मुखको उपचार तथा परामर्श गर्नेछ ।

कार्यक्रममा कांग्रेस नगर सभापति खेलराज पाण्डे, बुटवल अस्पताल प्रा.ली. का डाइरेक्टर मुक्ति पौडेल कांग्रेस महीला संघ जिल्ला सभापति गंगा शाही, बालकुमारी भण्डारी , स्वास्थकर्मी जयसराम यादब , निरज तीमिल्सिना डा.सोनल रायमाझी , डा.प्रीयन्का थापा लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु