add frist

गृहपृष्ठ बुटवलमा नाटुको सातौ राष्ट्रिय अधिवेशन, श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड

बुटवलमा नाटुको सातौ राष्ट्रिय अधिवेशन, श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड

बुटवल । अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठले सकार श्रमजिवीको पक्षमा नरहेको गुनासो गरेका छन् । मुलुक परिवर्तनका विभिन्न आन्दोलनहरुमा मजदुर आन्दोलनको महत्वपूर्ण भूमिकारहेको उदाहरणहरु पेश गर्दै उनले अब श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड दिए । नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले श्रम बजारमा धेरै ठूलो परिवर्तन आएको दाबी गरे ।

संगठन स्वतन्त्रता, न्युनतम ज्यालामात्र होइन अब जिवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म पुगेको उनले बताए । अहिले नेपाली अटोमेकानिक्समा ३ प्रकारको समीकरण रहेको दाबी गर्दै उनले स्वरोजगार, स्वरोजगारसँगै ज्याला जस्ता विषय मुख्य रुपमा रहेको बताए । कार्ल माक्सको समय अनुसारको श्रमको कुरा अहिले विश्वबजारमा नरहेको उनको दाबी छ । जिफन्ट जडसुत्रबादी भयो वा एनजिओका रुपमा काम गर्यो भन्ने गलत भ्रम फैलाउने काम भएको दुखेसो गगर्दै उनले केवल सवारी साधन बनाउनेमात्र नभई अब देश बनाउने दिशामा पनि अटोमेकानिक्सहरु अगाडि आउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रविधिमार्फत श्रमशक्तिलाई जोड्ने गरि सफटवेयर बनाएर अगाडी बढेको बताए । यसैगरि श्रमिक नेताको स्मृतिमा पार्कदेखि विभिन्न अभियानसँग जोड्ने गरि काम गरिएको उल्लेख गरे । अधिवेशनको अवसरमा लामोसमयदेखि मेकानिक्स क्षेत्रमा योगदान दिएका जेष्ठ मेकानिक्सहरू सुदुरपश्चिमका भक्त बहादुर थापा, बलजित सिह, कर्णाली प्रदेशका मिलन अन्सारीलाई जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ, नाटुका अध्यक्ष जीवन अधिकारी, पुर्व जिफन्ट महिला राष्ट्रिय अध्यक्ष गुमादेवि आचार्यले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरे । देशभर ७ प्रदेशमा नाटुमा ७ हजार बढि सदस्यहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु