:
Breaking News

सन्दीप लामिछानेले पाए सफाइ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङमा दुई महिलाको हत्या

पारदर्शी सहकारीको सहकारी शिक्षा तालीम सम्पन्न

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनःखत्री चयन

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

बझाङ १(१) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीको अध्यक्षमा पर्मानन्द पन्त

नेपाल पत्रकार महासंघको १२ औं अधिवेशनले पारित गर्‍यो ७ बुँदे घोषणा पत्र

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गर्नुपर्ने

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

चुनौती बन्दै क्षयरोग नियन्त्रण

हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा

अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

तनाव व्यवस्थापन तालिम सप्पन्न

छ सय फाटमा खरबुजा फलाउदै किसानहरु

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बराल समुदायको कूल पूजा सम्पन्न

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट :- फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले नेपाल पराजित

लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,६ अर्वको पुँजि कोष,८८ वटा शाखा सञ्जाल

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, रुपन्देहीमा तीन लाख बालबालिका समेटिँदै

महानगरले कर उठाउन सकेन, योजना काट्न वडा र महाशाखालाई निर्देशन

बाल श्रम अन्त्यका लागी तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

पञ्चकोटमा पाँच हजार किलोको महाघण्ट

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : उपाध्यक्ष पौडेल

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

प्रेस चौतारी नेपालको स्थापना दिवस : रुपन्देहीमा ४० जनाद्वारा रक्तदान

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलस् मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

खेलका नियमबाट राजनीतिक दलले धेरै सिक्न जरुरी छ : विष्णु पौडेल

पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम

स्वर्गिय परमानन्द खरेल स्मृतिमा आयोजित खुला फुटसल प्रतियोगिताको सबै तयारी पुरा

छोरीहरु आफन्तबाटै असुरक्षित

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

मुख्यमन्त्रीसँग त्रिवेणीवासीले भने - कि सडक देउ, नत्र लुम्बिनीमा गाभ्देउ

बुटवलका बिद्यालयहरु भोलिदेखि ३ दिन जाडो विदा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

अक्सफोर्ड मा.वि.मा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : पूर्वप्रधानमन्त्री खनाल

तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान हुँदैन : श्रेष्ठ

ज्ञानपुञ्जमा खेल सप्ताहको दोस्रो दिन बिबिध खेलकुदहरु सम्पन्न

अनुशासनहीनता अहिले नेपाली समाजको प्रमुख चुनौतीः ओली

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

एक महिनाको भेटी रु ३५ लाख

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

रुपन्देही व्यापार संघको अधिवेशन : २९ पदका लागि ४२ जना उम्मेदवार

आजदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको आचारसंहिता लागु

त्रिशूली नदीमा रित्तै फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

‘महाजात्रा’को गीत‘आहा क्या राम्रो’ सार्वजनिक (भिडियो सहित)

पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

आजदेखि मेलम्चीको पानी बाह्रै महिना आपुर्ति हुनेछः प्रधानमन्त्री

कर विवाद बढेपछि पोखरा महानगरपालिकाले गठन गर्‍यो पुनरावलोकन समिति

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ शुरु, ८७ विद्यालयबाट ६ वटा फाइनलमा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

लोकल रक्सी बेच्न रुपा गाउँपालिकाले बनायो कानुन

राप्ती नदी बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले भेटे राष्ट्रपति पौडेललाई

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार सुनिश्चिताका लागि बजेटको व्यवस्था गछौ नगरप्रमुख खाँण

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

सिद्धेश्वरीका पाचसय विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस : पोखरामा राष्ट्रवादी र्‍यालीसहित सभा

नक आउट फुटबलको उपाधि न्यू सिर्जना एफसीलाई

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

सन्दीप लामिछाने उच्च अदालत जाने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

रूपाताल : उदायमान पर्यटकीय गन्तब्य

एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल भित्रियो कोरोनाको नयाँ भेरियन्ट

सहकारी पीडितको समस्या : व्यवस्थित समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

व्यवसायको जन्मदाता हाटबजार : प्रदेश प्रमुख

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूचीसहित)

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

लेखनाथ दुर्घटना : अनिशा र भावना मृत्युको घटनामा कारचालक कारागार चलान

बुटवलमा सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु,घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने

पोखरालाई साँच्चिकै सुविधासम्पन्न महानगर बनाउँछौँ : मेयर आचार्य

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

आर्यन र केकीको तिमी छौ र मेरो मुटु चलेको सार्वजनिक (भिडियो सहित)

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

नेपाल र भारतबीच चार बुँदे सम्झौता, भूकम्प पीडितलाई एक हजार करोड सहयोग

राष्ट्रपति रामचन्द्र पौडेल भोलि बुटवल आउने

म सदासदा नेपालीका साथमा छु : पूर्वराजा शाह

मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो

सूर्य दर्शन सहकारी ठगीमा दुईजना जेल चलान, जिबीसहित १५ जना अझै फरार

अरनिको इङ्गलिस बोर्डिङ्गको ४० औं वार्षिकोत्सव

लुम्बिनी एक्स्पोमा डान्स आइडलको विजेता बनीन आकृति

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा रक्तदान

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

लुम्बिनी एक्स्पोमा कृषि स्टलले उपभोक्तालाई राहत

पोखरास्थित गुप्तेश्वर महादेव गुफाद्वारा २५ करोड शिक्षामा लगानी

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान साथै आर्थिक सहयोग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरि

लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बालकुमारी आन्दोलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

भोलिदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव

ल्होसारको अवसरमा रक्तदान

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम

लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो : सदस्य सचिव दयानिधि भण्डारी

सरकारी ऐन नियमहरु विकासका बाधक : मुख्यमन्त्री चौधरी

व्यापार मेलामा दर्शक र कारोबारमा वृद्धि

निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता : मन्त्री पाण्डेय

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा : ओली

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालबन्दी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगै ,देउवा र ओली बिच भेटवार्ता

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

अब नयाँ ढंगले केही धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने

सरकार जिम्मेवारीबाट भाग्दा ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

खल्तीबाट नेता हालेर समावेशीता हुँदैन :- गगन थापा

बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

एनसेलबाट कर असुल गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरण : सञ्चालक खनालसहित दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

‘जाउँ है पोखरा’ अभियान फेरि सुरु

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा एमाले–माओवादीको प्यानल विजयी

३ महिने शक्तिशाली महायागको तयारी पूरा

इतिहासलाई फर्केर हेर्दा पुस्तकको पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

कांग्रेसले सार्‍यो महासमिति बैठक

६.५५ अंकले बढ्यो नेप्से

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटे

रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक

सबै भन्दा सस्तो इन्टरनेट सेवा दिंदै वाइफाइ नेपाल

नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

top-news

सुन्दरकुमार थकाली

जोमसोम,१२ बैशाख । मुस्ताङमा कृषि विषय पठनपाठन गर्ने एकमात्र विद्यालय होः जनआदर्श अमरसिंह मावि । थासाङ गाउँपालिका वडा नम्बर २ मा पर्ने यो स्कुलका विद्यार्थीले सैद्धान्तिक शिक्षाका साथसाथै नियमित रुपमा कृषि सीपको व्यवहारिक अभ्यास गर्ने गर्छन् ।

२०१७ मा स्थापना भएको थासाङको जनआदर्श माध्यमिक विद्यालयले २०३९ मा माध्यमिक तहसम्मका कक्षा चलाउने अनुमति पायो । यो विद्यालयलाई मावि स्वीकृत गरिएसँगै अर्को वर्षदेखि कृषिमा प्राविधिक धारतर्फको पढाइ सुरु गरिएको हो ।

माध्यमिक तहको कृषि विषय पढाउने जनआदर्शले २०७० देखि कक्षा १२ सम्म अध्यापन गर्न थालेको हो । स्कुलमा कक्षा १२ सम्म कृषि विषयको पठनपाठनका अलावा विद्यार्थीलाई आवासीय सुविधा दिएपछि जनआदर्शमा पढ्न जिल्ला र जिल्ला बाहिरका उल्लेख्य विद्यार्थी आएका छन् । यो विद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका धेरैजसो विद्यार्थी अहिले कृषि विज्ञ, प्राविधिक र व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

जनआदर्शमा कठिन परिस्थितिका बालबालिका कृषि शिक्षा प्राप्त गर्न आउने गरेको पाइएको छ । यो विद्यालयमा झन्डै डेढ दर्जन बढी जिल्लाका विद्यार्थी प्राविधिक शिक्षा पढिरहेका छन् । यहाँक विद्यार्थी कक्षागत रुपमा नियमित सैद्धान्तिक पढाइसँगै सामूहिक खेतीपातीसमेत लाग्छन् ।

मुस्ताङको जनआदर्श माविका विद्यार्थी कक्षामा सिद्धान्त सिक्छन्, सिद्धान्तलाई स्कुलकै खेतबारीमा प्रयोग गर्छन् र भविष्यमा कृषि उद्यमीरकृषि विज्ञ बन्ने सपना देख्छन्

स्कुलका कृषि प्राविधिक शिक्षकको निर्देशनमा विद्यार्थीले फलफूल तथा तरकारी लगाउने गरेका छन् । अरु बलाी लगाउने, पावर ट्रेलरबाट खेत जोत्ने र विद्यालयको स्वामित्वमा रहेको खेतबारी गोडमेल गर्ने अभ्यास यहाँ गराइन्छ । विभिन्न बाली नमूना परीक्षणका लागि विद्यालय हाताभित्रै कृषि ल्याब परीक्षणको सिकाइसमेत उपलब्ध गराउने गरिएको छ ।

विद्यार्थीलाई फिल्डमै लगेर कृषि तालिम दिने गरिएको छ । यसले विद्यार्थीको सिकाइ उपलब्धिका साथै कृषि कर्म गर्न र विद्यार्थीलाई नियमित कामकाजका लागि क्रियाशील राख्न सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयमा कापी, कलम र किताब लिएर कृषि शिक्षा पढ्न आएका जनआदर्शका विद्यार्थीमा व्यवहारिक शिक्षाको अभ्यासका लागि हात हातमा कुटो, कोदालो, डोको, नाम्लो र कृषि उपकरण पनि हुन्छ ।

उनीहरु खेत खनजोत, गोडमेल र मल ओसार्ने काम पनि गर्छन् । नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रलाई बलियो बनाउन कृषि पढेर कृषि उद्यमी बन्ने धोको रहेको विद्यार्थी सचिन विकले सुनाए । उनले विद्यालयले दिने कृषि शिक्षाको सीप लिएर गाउँठाउँमा गएर कृषि गरी जीविकोपार्जन गर्ने योजना सुनाए ।

यहाँ पढेर सैद्धान्तिक शिक्षाका साथै कुन बाली कसरी रोप्ने, कसरी भण्डारण गर्ने, रोग। संक्रमण कसरी रोक्ने लगायतका ज्ञान प्राप्त गरेको उनको भनाइ छ । विकले विद्यालयमा साथीहरुसँगै समूहमा काम गर्दा सजिलो र रमाइलो हुने अनुभूतिसमेत साटे ।

मुस्ताङको जनआदर्श माध्यमिक विद्यालयमा पढेर आफूले कृषि शिक्षाका साथसाथै कृषि कर्मका सबै अभ्यास सिक्न पाउँदा निकै खुसी लागेको अर्की छात्राले बताइन् । उनले विद्यालयमा खाने, बस्ने र निःशुल्क शिक्षा प्राप्त गरी कृषि विषयको सैद्धान्तिक र व्यवहारिक सीप सिकिरहेको उल्लेख गरिन् ।

विद्यालयमा एक पटक पढ्ने र अर्को पटक फिल्डमा अभ्यास गर्ने सिकाइले उत्साहित बनाएको उनले सुनाइन् । विद्यालयमा विभिन्न फलफूल तथा तरकारी प्रशोधन गर्ने र खेतीपातीको सिकाईले पढाइ सकेर आफूमा कृषि उद्यमी बन्ने रहर पलाएको उनको भनाइ छ ।

कृषि र पशुपालन व्यवयायको ठूलो सम्भावना रहेको हिमाली जिल्ला मुस्ताङमा दक्ष कृषि प्राविधिक नहुँदा यहाँका किसानले भरपर्दो रुपमा कृषि व्यवसाय सञ्चालन गर्नसमेत समस्या पर्ने गरेको छ । जिल्लाकै एकमात्र कृषि धारको जनआदर्श माध्यमिक विद्यालयले बर्सेनि कृषि जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्म कृषि धारतर्फ पढाउने ८ शिक्षक छन् । जनआर्दशमा २०७० देखि कक्षा १२ सम्मको कृषि प्राविधिक शिक्षा कार्यान्वयनमा आएको विद्यालयका कृषि प्राविधिक धारतर्फका कोअर्डिनेटर प्रकाश भारतीले जानकारी दिए ।

यसअघि कक्षा १० पछि कृषि धारतर्फका विद्यार्थीलाई कक्षा ११ मा ३ महिना र कक्षा १२ मा ६ महिनामा कृषि अभ्यासका लागि फिल्ड प्रशिक्षण दिने गरेकोमा गत वर्षदेखि कक्षा ११ मा ३ सय घण्टा र कक्षा १२ मा ६ सय घण्टा नियमित फिल्ड सिकाइ हुने गरेको कोअर्डिनेटर भारतीको भनाइ छ ।

यहाँ पढाइ सकेर नयाँ कुरा सिक्न चाहने विद्यार्थीलाई अन्य कृषि फार्ममा विद्यालयले सिफारिस गर्ने गरेको छ । यहाँका विद्यार्थीलाई कृषिको सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक सीप दिलाउन फिल्ड अभ्यास गराउने र विभिन्न बालीको बिउँ उत्पादनका लागि ल्याब परीक्षणका गतिविधि पनि सिकाइने गरेको छ ।

कोअर्डिनेटर भारतीले पछिल्लो समय विदेश पलायन हुने युवा बढ्दै गएको चिन्ता व्यक्त गरे । उनले विदेश पलालयनलाई न्यूनीकरण गरी स्वदेशकै कृषि कर्मको प्रर्वद्धन गर्न विद्यालयले प्रवाह गर्ने कृषि शिक्षा महत्वपूर्ण र प्रभावकारी भएको दावी गरे ।

जनआदर्श माध्यमिक विद्यालयले ६२ जना विद्यार्थीलाई आवासीय सुविधा दिँदै आएको छ । जहाँ विद्यार्थी पढ्छन्, खेल्छन र नियमित कृषि कर्म सिकिरहेका हुन्छन् । कृषि धारतर्फको यस विद्यालयको स्वामित्वमा ६४ रोपनी जग्गा छ । जहाँ विद्यार्थीले नियमित खेतापाती गर्न सिक्ने गरेका छन् ।

जनआदर्श स्कुले आफ्नै स्वामित्वमा रहेको खेती योग्य जमिनमा टनेल बनाएर हरियो तरकारी उत्पादन गर्ने गरेको छ । यसका अलावा विद्यालयले विद्यार्थीकै श्रमदानबाट आलु, सिमी, बोडी, बन्दा, काउली, लसुन, प्याज लगायतका तरकारी र स्याउ लगायतका फलफूलसमेत उत्पादन गर्ने गरेको छ ।

विद्यालयमा खपत हुने तरकारी र फलफूल विद्यार्थीले नै उत्पादन गर्ने भएकाले छात्रावास खर्चमा समेत ठूलो सहुलियत हुने गरेको छ । चामलबाहेक तरकारी र फलफूल धेरैजसो स्कुलकै जग्गामा हुने उत्पादनले पुग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्