can
test3

गृहपृष्ठ बुटवलको अक्सफोर्ड मा.बि प्रदेशको उत्कृष्ट बिद्यालयमा छनौट

बुटवलको अक्सफोर्ड मा.बि प्रदेशको उत्कृष्ट बिद्यालयमा छनौट

बुटवल । पश्चिम क्षेत्रको उत्कृष्ट शैक्षिक सस्था अक्सफोर्ड इंगलिस बोडिङ स्कूल (माध्यमिक बिद्यालय) मा कक्षा ११ मा पढने बिद्यार्थीको घुइचो लागेको छ । कक्षा ११ र १२ मा बिज्ञान, व्यवस्थापन, शिक्षा र मानबिकी पढाई हुने यस बिद्यालयमा कक्षा ११ मा जम्मा ८ सय बिद्यार्थी पढाउने क्षमता छ । त्यो भन्दा बढी बिद्यार्थी पढाउन कक्षा कोठा र भौतिक पूर्वाधारको समस्या हुन सक्छ तर बिद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याएपछी बिद्यार्थीको आकर्षण यही बिद्यालयमा परेको छ । कक्षा ११ मा ८ सय बिद्यार्थी भर्नाका लागि आवेदन अर्थात फारम माग गर्दा तेब्वर बिद्यार्थीले फारम भरेका छन । पाच दिनको समयमा माग गरेभन्दा तेब्वर बिद्यार्थीले आवदेन फारम भरेको बिद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । उहाका अनुसार आज मध्यान्हसम्म २हजार ३ सय १० बिद्यार्थीले आवेदन फारम भरेका छन । २०४८ सालमा स्थापना भएको पश्चिम क्षेत्रको पुराना सस्थागत बिद्यालयहरु मध्येको एक प्रतिष्ठित बिद्यालयमा ३ हजार ५ सय बिद्यार्थीले अध्ययन गर्ने गर्दछन । बिद्यालय सफल सञ्चालन भएपछी अक्सफोर्डलाई शैक्षिक प्रतिष्ठानका रुपमा अघि सारिएको छ । यही शैक्षिक प्रतिष्ठानले बुटवलमा अक्सफोर्ड कलेज पनि चलाएको छ । कलेजले त्रिभूवन बिश्व बिद्यालयबाट अनुमति लिई बिबिएस, बिएड, बिएचएम र बिआईएमका कक्षाहरु सञ्चालन गरीरहेको छ । कलेजको नतिजा पनि राष्टियस्तरमा उत्कृष्ट रहेको छ । यसैबिच अक्सफोर्ड इंगलिस बोडिङ स्कूललाई नागरीक एकता समाज काठमाण्डौले प्रदेश ५ को उत्कृष्ट बिद्यालयका रुपमा सम्मान गर्ने भएको छ । नागरिक एकता समाजले यही असार २८ गते काठमाण्डौमा एक भव्य समारोहका बीच अक्सफोर्डलाई “उत्कृष्ट मा।वि। सम्मान” एवार्डबाट सम्मान गर्न लागेको समाजका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो । परिक्षा बोर्डले छनौट गरी समाजलाई उपलब्ध गराएका बिद्यालयलाई उत्कृष्ट बिद्यालयलाई सम्मान गरीने कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु