add frist

एमालेबाट ११ सांसद निष्कासन (नामावलीसहित)

फाइल तस्बिर
बुटवल । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका थप १२ जना नेतालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको भन्दै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु