add frist

गृहपृष्ठ ‘नेपाल आइडल-४’ सुरु हुँदै, निर्णायकहरु भने परिवर्तन हुने

‘नेपाल आइडल-४’ सुरु हुँदै, निर्णायकहरु भने परिवर्तन हुने

गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् ।उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।

‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ ।सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले भने । चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ ।

‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उनीहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उनीहरु पनि बाहिरी कार्यक्रममा व्यस्त भए’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ ।

निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’ यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए । ‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु