निशुल्क आखाँ शिविर कार्यक्रम सम्पन्न

बुटवल उपमहानगरपालिका वडा नं ७ को वडा कार्यालयको आयोजनमा मङ्गलबार (आज) १ दिने निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४८८ जनाको आखाँ र मधुमेहको चेक जाँच गरिएको थियो । जसमध्ये २८८ जनाको आखाँ परिक्षण गर्दा २५ जनामा मोतिया विन्दु देखिएको थियो । त्यसैगरि १६० जनाको मधुमेह परिक्षण गर्दा ५४ जना मा मधुमेह देखिएको थियो। शिविरमा वडा नं ७ का स्थानिय वृद्धवृद्धा , बालबालिका, महिला तथा पुरुषहरुको आखाँ परिक्षण गरिनुका साथै मधुमेह को समेत परिक्षण गरिएको थियो । आखाँ मानिसको महत्वपुर्ण अंग भएको कारणले आफ्नो वडा बासीहरुका निशुल्क शिविर माफर्त आखाँ परिक्षण गरिएको बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम गाहाले बताउनुभयो ।
आगामी दिनमा पनि निरन्तर रुपमा वडा बासीको सहजताका लागि निशुल्क आखाँ सिबिर राखिने उहाँले बताउनुभयो । कार्यक्रममा आखाँ परिक्षण पश्चात निशुल्क औषधी समेत वितरण गरिएको थियो।