test3

गृहपृष्ठ एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

बिहिबार, असार १२ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डलेले आज पत्रकार सम्मेलन गरि २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो। एसईई परीक्षाको नतिजा नेपाल टेलिकमको www.see.ntc.net.np, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np , राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, ईडीयू सञ्जाल www.see.edusanjal.com बाट हेर्न सकिनेछ साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु