पत्रकार महासंघ श्रमजीवीको पक्षमा छ : गोविन्द आचार्य

बुटवल,माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरूको श्रम शोषण गर्ने मिडिया हाउस विरूद्व आन्दोलन गरेपछि केहिसुधार भएको बताएका छन ।
उनले कोरोनाका बेला सञ्चारगृहले विभिन्न वाहना बनाएर पत्रकारलाई बेतलवी विदामा राखेको र पारिश्रमिक नै नदिएको गुनासो आएपछि महासंघकै अगुवाइमा पत्रकार पुर्नवहाली र बक्यौता रकम प्रदान गरेको बताए ।
नेपाल पत्रकार महासंघ रूपन्देहीको बार्षिक साधरणसभालाई बुधबार बुटवलमा उद्घघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ श्रमजीवी पत्रकारको पक्षमा निरन्तर लाग्ने बताए ।
नेपालका ठूला मिडिया हाउसले कोरोनाका वाहनामा श्रमजिवि पत्रकारलाई पारेको समस्या हल भईसकेको उनले बताए । उनले जिल्लाका संवाददाताहरूका लिस्ट तयार पारेर पत्रकारको हितमा लाग्ने बताए ।
उनले कोरोनाबाट उत्पन्न समस्या हल गर्नका लमगि अल्पकालिन र दिर्घकादिन रूपमा समाधानकालागि कारलाई सुझाव दिएको बताए ।
औद्योगिक एेन परिमार्जन गरि सेवामूलक उद्योगको मान्यता पाएको समेत उनले बताए । उनले अब मिडियाले त्यसबाट लाभ लिनुपर्नेमा जोड दिए ।
अध्यक्ष आचार्यले नेपाली मिडियालाई पत्रकार कल्याण कोष बनाउनका लागि अदालतमा मुद्वा हालेर सरकारलाई बाध्य बनाएको बताए । पत्रकार महासंघ अगुवा नागरिक संगठन भएको बताउदै नेतृत्व समेत समावेशि बनाएको उनले बताए । १३ जनमध्ये ८ जना समावेशि पदाधिकारी सुनिश्चित गर्नुपर्नेछ उनले भने ।