add frist

गाउँपालिकामा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा

रुपन्देही,साउन । गैडहवा गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले साउन २ गतेदेखि तालाबन्दी गरेका छन् । ताला बन्दी गरेका कारण सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिकामा कार्यरत प्रधामन्त्री स्वरोजगार करार कार्यक्रम संयोजक मनिषा कार्कीले कार्यसम्पादन चित्तबुझ्दो नगरेको, गणकहरुलाई दिने २४ हजार रकममा २४ हजारमा हस्ताक्षर गराएर १८ हजार दिएको लगायतका गुनासाहरु आएपछि करार नविकरण नगरेको भन्दै कार्कीको पुर्नबाहलीको माग गर्दै कार्यपालिकाका बहुमत सदस्यले आन्दोलन गरेका हुन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमकी कार्यक्रम संयोजक कार्कीलाई कार्यसम्पादनका क्रममा कमजोरी भेटिएपछि गाउंपालिकाले साउनदेखि करार सम्झौता म्याद थप गरेको छैन् । गाउंपालिकाले पहिले सामान्य सोधपुज, त्यसपछि लिखित स्पष्टिकरण माग गरेकोमा कार्कीको जवाफ चित्तबुज्दो नभएपछि गाउंपालिका अध्यक्ष सुरेन्द्र पौडेल र प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले कार्कीको करार नविकरणको म्याद नथप्ने निर्णय गरेका थिए ।

नेपाली काग्रेसबाट निर्वाचित वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरुले कार्कीको म्याद नथप्ने सूचना पाएसँगै कार्यपालिकाका बहुमत सदस्यले कार्कीको पुर्नबाहलीलाई मुख्य एजेण्डा बनाएर साउन २ गते देखि प्रमुख प्रशासकिय अधिकृत, लेखा शाखा र गाउंपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
उनीहरुले कार्कीको पुर्नबहली बाहेक बाढि पिडितलाई राहत रकम नदिएको, प्रमुख प्रशासकिय अधिकृतलाई भाडाको गाडी र आवास सुविधा दिएको, बार्षिक राजश्वबारे जानकारी नदिएको लगायतका ११ वटा माग राखेर २८ जना गाउंकार्यपालिकाका सदस्यहरुले तालाबन्दी गरेका छन । गाउंपालिकाले भने रोजगार शाखाकी मनिषा कार्कीले ५ जना गणकलाई २४ हजार दिने गरी सम्झौता गरेपनि रकम भुक्तानी गर्दा १८ हजार दिएको गुनासो आएपछि स्पष्टिकरण सोधेको र जवाफ चित्तबुझ्दो नआएपछि करार नविकरण थप नगरेको बताएको छ ।

घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम करार संयोजकले ५ जना कार्यरत गणकहरु अनिल कुमार गुप्ता, मञ्जु यादव, विजय केवट, गिता चौधरी र सपना घर्ती मगरको संझौता अनुरुप रकम नदिएको २४ हजारमा हस्ताक्षर गरेर १८ हजार मात्र दिएको गुनासो आएपछि कार्कीसँग मौखिक र लिखित जवाफ मागेकोमा चित्तबुझ्दो जवाफ नआएपछि करार नामा नविकरण नगरेको बताउनुभयो ।

स्पष्टिकरण लिंदाखेरी रकम आफुले खर्च गरेको र केही दिनमै आफुले गणकहरुलाई रकम उपलब्ध गराउने बताएको र पछि तिरेको अध्यक्ष पौडेलले फोन मार्फत इन्सेककर्मीलाई बताउनुभयो । अध्यक्ष पौडेलले पटक पटक कार्कीको विषयमा गुनासाहरु आएपछि कार्य सम्पादनको आधारमा म्याद थप गर्ने भएकोले नियम अनुसार नविकरण नगरिएको बताउदै नेपाली काग्रेशका जिल्लास्तर र केन्द्रिस्तरका नेताहरुले फोन मार्फत प्रमुख प्रशासकीय अधिकृतलाई गाली गलौज र धम्की दिने गरेको बताउनुभयो । हामी जनताको काम गर्न आएका हौं अहिले साउन २ गतेदेखि तालाबन्दी छ । उहाँहरुले लगाएका आरोपहरु निराधार भएकोले यस्तो अवस्थामा सेवाग्राहीलाई मर्का परेको छ सो विषयमा जवाफदेही हुन आग्रह गर्नुभयो ।

उहाँले कुनै पनि विरोध गर्दा सुरुमा छलफल वा ध्यानआर्कषण पत्र बुझाउनुपर्नेमा नेपाली कांग्रेसका वडा अध्यक्षको अगुवाईमा छलफल नै नगरी प्रमुख प्रशासकिय अधिकृत, आर्थिक प्रशासन र गाउंपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
घटनाका विषयमा पालिकाका प्रमुख प्रशाशकीय अधिकृत विपिन क्षेत्रीले आफु पालिकामा आएको ५ महिना वितेको र आएदेखि नै कर्मचारी प्रशासनलाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ जनप्रतिनिधि र कर्मचारी मिलेर कसरी सु्शासन कायम गर्न सकिन्छ भन्ने विषयमा कोशिश गरिरहेको र कर्मचारी र जनप्रतिनिधिले गैडहवावासी जनतालाई कसरी स्थानीय सरकारको अनुभूति गराउन सकिन्छ भन्ने विषयमा लागिरहेकोले कार्कीको विषयमा पटक पटक गुनासाहरु आएपछि मौखिक र लिखित स्पष्टिकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआएपछि म्यादन थप नगरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले करार भनेको स्थायी जागिर होइन, निजको कार्य सम्पादनको आधारमा म्याद थप गर्ने हो । कार्यसम्पादन चित्त बुझ्दो नभएपछि नियम अनुसार म्याद थप नगरिएको बताउनुभयो । घटनाका विषयमा आफूमाथि संघिय संसदसम्मले गाली गालैज र धम्की दिने गरेको बताउनुभयो ।
घटनाका विषयमा वडा नं ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मीले सामान्य गल्तीलाई सुधार गर्ने मौका नदिइकन एक्कासी म्याद थप नगरेको र आफुहरुका ११ बुँदे मागहरु पूरा नभएसम्म कुनै हालतमा ताला नखोल्ने बताउनुभयो । उहाँले जनताले हामीलाई निशाफ दिन पठाएका हुन निशाफ पाउँदा कुनै अप्ठयारो पर्देन् जनताले त्यही कारण साथ दिएको बताउनुभयो ।

घटनाका विषयमा रोजगार संयोजक मनिषा कार्कीले आफुले कुनै पनि गलत नगरेकोले आफुलाई पूर्नरवहाली गर्नुपर्ने फोन मार्फत बताउनुभयो ।
पालिकामा लामो समयसम्म तालाबन्दी हुँदा आफुले पटक पटक दुख पाएको घरनक्सा बनाउन आएका गैडहवा गाउँपालिका ७ का सेवाग्राही रामकिशुन लोधले बताउनुभयो । खै कहिले खुल्छ, नेता लडछन हामीलाई सधैं उस्तै ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु