रुपन्देही क्षेत्र न.२ को सभापतिमा हरी लम्साल

बुटवल मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र न.२ को अध्यक्षमा हरी लम्साल पुन अध्यक्ष निर्वाचित भएका छन्।
पौडेल समुहका लम्सालले ४०२ मत पाउदा देउवा समुहका उम्मेदवार काजिमान श्रेष्ठले २४२ मत पाए।
सोमवार भएको निर्वाचनको मंगलवार राती आएको परिणाम अनुसार सचिव पदमा प्रजापाल गिरि र बिमलराज भटराई निर्वाचित भएका छन् त्यसैगरी सहसचिव पदमा मिलन थापा,राज बहादुर क्षेत्री बिजयी भएका छन्।
सचिवमा निर्वाचित गिरी देउवा समुहका हुन भने भटराई पौडेल समुहबाट उम्मेदवारी दिएका थिए ।
सदस्य खुल्ला सदस्यहरुमा विवेश पुरी(भरत) हिमाल गैरे र पुरन शाही बिजयी भएका छन् । त्यसैगरी खस आर्य पुरुषबाट यज्ञ प्रसाद खनाल र राजेन्द्र प्रसाद रिजाल, खस आर्य महिलाबाट अनिता केसी,आदिवासी जनजाति महिलाबाट लक्ष्मी श्रेष्ठ,आदिवासी जनजाति पुरुषबाट टेक बहादुर रेस्मी दलित सदस्यमा ओम प्रकाश बि.क निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशन प्रतिनिधिमा कुल प्रसाद लामिछाने ,रिता सेन, सावित्रा टंडन, जमुना ढकाल बालकुमारी भण्डारी, माया गाैतम,नुमा थापा, राेमणी प्रसाद पाठक, गुप्त बहादुर क्षेत्री, डिल्ली प्रसाद शर्मा, गंगा गुरुङ, महेश थैव, नारायण प्रसाद पुन गाेकर्ण पाैडेल, चिरञ्जीवी शर्मा पाैडेल, चुन्न प्रसाद पाैडेल,दीर्घ बहादुर केसी कुमार , प्रकाश राना, सुन्दर गहतराज रामवली चाैधरी फणीन्द्र प्रसाद शर्मा, महेशमान शिंह, राम बहादुर कार्की हरी बहादुर अाचार्य क्षेत्री बिजयी भएका छन् ।