add frist

द हिमान्सु डिजाईनर्स रनवे सिजन २ को फाईनल चैत २८ गते

बुटवल । बुटवल अमर पथमा रहेको हिमान्सु बुटिक एण्ड ट्रेनिङ् सेन्टरको आयोजनामा द हिमान्सु डिजाईनर्स रनवेको दोस्रो सेसनको फाईनल चैत २८ गते हुने भएको छ।
फेसन डिजाईनर्सहरुले चैत १ गतेदेखी शुरु गरेको तालिमको फाईनल चैत २८ गते हुन लागेको पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा हिमान्सु बुटिक एण्ड ट्रेनिङ सेन्टरकि सञ्चालक हिरा पेग्निले महिलाहरूको आत्मविश्वास बढाउदै उधमशिलतामा जोड्नको लागि प्रतियोगिता गर्न लागेको जानकारी दिइन।
चैत १ गतेबाट प्रयोगात्मक तालिम र २३ गतेबाट शैद्वान्तिक तालिम शुरु भएको जानकारी दिदै उनले प्रथम द्वितीय हुँदै टप १० प्रतिश्प्रधीलाई पुरस्कार प्रदान गरिने जानकारी दिइन।कार्यक्रम सम्पन्न गर्नको लागि १० लाख बढि खर्च हुने अनुमान गरिएको जानकारी दिइन।
उनले पहिलेको समयमा फेसन डिजाइनिङ को हेराईमा नकारात्मक सोच भएपनी आजभोली यसतर्फ आकर्षण रहेको बताईन। ट्रेनिङ सेन्टरबाट अहिले सम्म १ सय बढिले तालिम लिएर बुटिक सञ्चालन गर्दै आएको जानकारी दिइन।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक पवन आचार्यले २१ जना डिजाइनर्स महिलाको सहभागीता रहेको प्रतियोगितामा १० जना महिला मोडल, एक तेस्रोलिङी महिला र १५ जना किड्स मोडल रहेको जानकारी दिए।
प्रतितोगितामा प्रथम हुनेलाई ईन्डस्ट्रीयल स्वयङ मेसिन, द्वितीय हुनेलाई ईलेक्ट्रीकल स्वयङ मेसिन र तृतीयलाइ पिको स्वयङ मेसिन प्रदान गरिने जानकारी दिए।
पत्रकार सम्मेलनमा बोल्दै ईभेन्ट संयोजक रेशम न्यौपानेले प्रतियोगिहरुबाट फर्म चार्ज १ हजार लिएको र त्यो बापत निशुल्क ३ वटा ड्रेस हिमान्सु बुटिक ब्यवस्थापन गरिने जानकारी दिइन। कार्यक्रमको टिकट बाट उठेको रकम मध्य १० प्रतिशत सामाजिक कार्यमा खर्चिने जानकारी जानकारी दिइन। प्रतियोगीताको निर्णायकमा केन्द्रिय फेसन डिजाईनर्स युबि थापा लगायत रहने छन। द हिमालयन डिजाईनर्स रनवे पहिलो सिजनको बिजेता सृष्टि गुरुङ थिइन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु