can
test3

गृहपृष्ठ क्यान इन्फोटेक : २०२० भोलीदेखि सुरुहुदै

क्यान इन्फोटेक : २०२० भोलीदेखि सुरुहुदै

बुटवल । माघ १६ देखी २१ गते सम्म बुटवलमा क्यान इन्फोटेक सुरू हुनेभएको छ । भोलीदेखी सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

क्यान महासंघ, रुपन्देहीको आयोजनामा कम्प्युटर, मोबाइल सुरक्षा उपकरण तथा प्रविधिको वृहत प्रदर्शनीको बुटवल बहुमुखी क्याम्पसमा प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ ।

क्यान महासंघले विगत २७ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका कार्यक्रमहरु मार्फत आम जनसमुदायमा चेतना अभिवृद्धि, विकास एवं विस्तार र यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आइरहेको छ ।

क्यान महासंघ, रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले क्यान मेला प्रदेश स्तरीय रहेको बताए । मेला यही माघ २१ गतेसम्म चल्ने गौतमले जानकारी दिए । इन्फोटेकको प्रमुख प्रायोजना प्रभु पे रहेको छ ।

साथै एशोसिएट प्रायोजक वल्र्ड लिंक रहेको छ । पाँचदिनसम्म सञ्चालन हुने यो इन्फोटेकमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने सहसचिव सुरेश भुसालले जानकारी दिए । साथै इन्फोटकमा कम्प्युटर हार्डवेयर, मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल, कम्पनीहरु, ईन्टरनेट सेवा प्रदायक संस्थाहरु, टेलिकम्युनिकेशनस्, बैंक, आइर्. सी.टी कलेजहरु, कम्प्युटर ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर हाम्रा स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयर संग सम्बन्धि परियोजना लगायतका १ सय १० स्टलमा ९० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ ।

मेलाले सूचना तथा सञ्चार प्रविधिको समुन्नत विकासमा सहयोग पु¥याउनुका साथै ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तार, नयाँ तथा नौलो प्रविधिको प्रदर्शन गर्ने अवसर पनि प्रदान गर्ने विश्वास लिएको छ । इन्फोटेकमा सर्वसाधारणहरुलाई प्रवेश शुल्क पचास र विद्यार्थीहरुलाई २० रुपैयाँ टिकटको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु