can
test3

गृहपृष्ठ बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘वर्डक्याम्प बुटवल : २०२०’ आयोजना हुने

बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘वर्डक्याम्प बुटवल : २०२०’ आयोजना हुने

बुटवल । बुटवलमा वेबसाईट बनाउने सफ्टवेयर वर्डप्रेस सम्बन्धि सम्मेलन ‘वर्डक्याम्प बुटवल : २०२०’ को आयोजना हुने भएको छ ।

वर्डप्रेस तथा वर्डक्याम्प बुटवलका लिडर एवं सफ्टवेयर डेभलपर माधब ढुङ्गानाले आयोजना हुन गईरहेको वर्डक्याम्प बुटवल सूचना प्रविधि सम्बन्धि बुटवलकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको बिहीबार बुटवलमा पत्रकार सम्मेलनमा बताए ।

बुटवलमा सूचना प्रविधि सम्बन्धि प्रभावकारी कार्यक्रमहरु नभईरहेको अवस्थामा वर्ड क्याम्प बुटवलले यस क्षेत्रका सूचना प्रविधिको स्तर उकास्दै अन्तर्राष्ट्रिय पहुँचको विकास गर्ने आयोजकको दाबी छ ।

नेपाल भ्रमण वर्ष( २०२० को आगमन संगै लागिएको कार्यक्रममा जापान, भारत लगायतका विभिन्न देशबाट सहभागि आउने हुँदा भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने आयोजक आशा राखेको छ । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु साथै भारत र जापानका २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा प्रस्तुती दिने र अनुभव बाड्ने छन् ।

कार्यक्रमका लागि उकमर्स, जेटप्याक, गोड्याडी, हब्स्पट, ब्लु होस्ट, ब्रोडवे इनफोसिस, रिगोरस वेब, बुटवल वेब, ईन्भाईट टेक, वेब पेज नेपाल, ईनेप्सटर, प्रोशोर, हाई–स्पीड कम्प्युटर, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इनोवेशन, लक्ष्मी इलेक्ट्रोनिक्स लगायतका वर्डप्रेस सँग विभिन्न स्वदेशी तथा विदेशी संस्थाले प्रायोजन गरेका छन । कार्यक्रममा देश तथा विदेशबाट पाँचसय जना बढीको सहभागिता रहनेछ ।

कार्यक्रमका लागि करिब ९ लाख खर्च हुने आयोजकको अनुमान छ । आगामी माघ ११ गते जनवरी २५ का दिन बुटवलको योगिकुटीस्थित ‘द दरबार लन’मा हुने कार्यक्रममा सहभागि हुनका लागि एकहजार प्रवेश शुल्क लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु