add frist

गृहपृष्ठ म्यासेन्जर र इन्स्टाग्रामको ‘सर्भिस डाउन’ किन ?

म्यासेन्जर र इन्स्टाग्रामको ‘सर्भिस डाउन’ किन ?

काठमाडौं । बिहीबार अपराह्नदेखि विश्वव्यापी रुपमा फेसबुक म्यासेन्जर र इन्स्टाग्रामको ‘सर्भिस डाउन’ भएको छ।

इन्टरनेट सम्बन्धी सेवाको प्रभावकारिताबारे जानकारी दिने साइट डाउनडिटेक्टरका अनुसार बिहीबार दिउँसो ३ बजे (प्रमाणित नेपाली समय)देखि म्यासेन्जर र इन्स्टाग्राममा सन्देश (म्यासेज) पठाउन समस्या सिर्जना भएको छ।

म्यासेज आदान–प्रदानमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले सामाजिक संजालमा सर्भिस डाउनबारे गुनासो गरेका छन्। तर यी दुवै साइटहरुको स्वामित्व रहेको कम्पनी फेसबुकले म्याजेस सर्भिसमा समस्या देखियो भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

यद्यपि फेसबुकले गत सेप्टेम्बरमा म्यासेन्जर र इन्स्टाग्रामबीच म्याजेस पठाउन मिल्ने सेवा शुरु गर्न लागेकोबारे जानकारी दिएको थिए। अहिले यी दुई साइटमा एक अर्काबीच सोझै म्याजेस पठाउन मिल्दैन।

तर प्रयोगकर्ताहरुलाई थप सुविधा दिन भन्दै फेसबुकले म्यासेन्जरबाट इन्स्टाग्राम र इन्स्टाग्रामबाट म्यासेन्जरमा म्यासेज पठाउन मिल्ने सेवा शुरु गर्न लागिएको जनाएको थियो। यहि कारण अहिले एकअर्को साइटका डाटा सिन्क्रोनाइज गर्दा सर्भिस डाउन भएको आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु