add frist

१८ बुँदे बुटवल घोषणापत्र जारी गर्दे सकियो मानवअधिकार रक्षकहरुको प्रदेश भेला

बुटवल। मानवअधिकार रक्षकहरुको २ दिनको लुम्बिनी प्रदेशस्तरीय भेलाले १८ बुँदे मानव अधिकार रक्षकहरुको बुटवल घोषणा पत्र जारी गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा पुष ८ र ९ गते नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकहरुको अधिकार बिषयक लुम्बिनी प्रदेश स्तरिय मानव अधिकार रक्षक भेलाले यस्तो घोषणा गरेको हो ।

भेलाले प्रदेशस्तरीय मानवअधिकार निगरानी समिती समेत गठन गरेको छ । जसको संयोजकमा संयोजक केशव शर्मा दाङ,सदस्य वसन्त गौतम बाँके, बिर बहादुर थारु बर्दिया, कृष्णप्रसाद खनाल कपिलवस्तु, यादवराज पोखरेल पाल्पा, नारायण पराजुली नवलपरासी,ज नार्दन घिमिरे गुल्मी, अनिल नेपाली अर्घाखाची, तिलक घर्ति रोल्पा ,रबिन्द्र पाण्डे प्युठान र रुपन्देही इन्सेक प्रतिनिधि रीमा बि.सी सदस्य सचिव रहने गरी समिती गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु