test3

गृहपृष्ठ चर्चित पानी अभियान्ता पार्देले एन आर एन ए पोल्यान्डको अध्यक्षमा उम्मेदवारि घोषणा गरे

चर्चित पानी अभियान्ता पार्देले एन आर एन ए पोल्यान्डको अध्यक्षमा उम्मेदवारि घोषणा गरे

पोल्यान्ड । लामो समयदेखी समाज सेवामा सक्रिय बेक्तित्व मित्रलाल पार्देले आगामी एन आर एन ए पोल्यान्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । उनको परिचय केबल सिमित घेरामा मात्र देखिदैन ताकी उनको परिचयको घेरा फराकिलो छ।एकातर्फ पानी अभियान्ताको चर्चाको शिखरमा रहेका पार्दे अर्को तर्फ नाट्यकार रुपमा पनि चिरपरिचित छन ।  एन आर एन ए पोल्यान्डको सस्थापक सचिव हुँदै वरिष्ठ उपाध्यक्ष भैसकेका पार्दे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय उपाध्यक्ष लगायतका धेरै संघ(सस्थामा आबद्ध छन । हरेक देशमा गैर आबासिय नेपाली सघमा राजनितिक खिचातानीले सस्था धमिलो भैरहेको सन्दर्भमा उनको उम्मेदवारीले पोल्यान्डमा राजनितिक दबदबा हटने आशा गरिएको छ।स्वच्छ र इमानदारीताको छवि बनाएका पार्देले अबको एन आर एन ए पोल्यान्ड पुर्ण नबिनतम ढाचामा रुपान्तरण गरि जनहितमा केन्द्रित हुने प्रतिबद्धता समेत बेक्त गरेका छन।उनले उम्मेदवारी घोषणा सङ्गै चुनाबी घोषणा पत्र समेत श्राबजनिक गरेका छन । नाराहरु निकै आकर्षक र जनहितकारी देखिन्छन् यद्यपि कार्यान्वयन पक्ष भने त्यति सहजै पनि छैन तर दृणता रहयो भने असम्भव पनि छैन । उनले चुनाबी नाराहरु बुदागत उल्लेख गरेका छन ।

१ बिश्वकै एक नमुना एन आर एन ए पोल्यान्ड बनाउने
२ एन आर एन पोल्यान्ड कार्यालय स्थापना गर्ने
३ एन आर एन वेबसाईट तयार पारेर एन आर एन गतिविधि प्रसारित गराउने
४ एन आर एन पोल्यान्ड पोल्यान्डका १६ क्षेत्रमा उपस्थिती हुने गरि एक विशाल एन आर एन ए पोल्यान्ड निर्माण गर्ने
५ एन आर एन पोल्यान्डले शुरुवात गरेको इमर्जेन्सी फन्डलाई निरन्तरता दिदै प्रभावकारी बनाउने
६ एन आर एन पोल्यान्डको प्रतिनिधित्व हरेक क्षेत्रमा सबल बनाइने
७ पोल्यान्ड भित्र रहेका कलाकारहरुको बारेमा विशेष योजना अगाडि सारिने
८ एन आर एन पोल्यान्डमा बिधानमा छल्फल गरि उपाध्यक्षको लागि पनि अनिवार्य महिला हुनु पर्ने व्यवस्था गर्न लागि पर्ने
९ स्बिधानलाई नेपालीमा र अङ्ग्रेजीमा उल्था गरि सबैले पढ्ने र बुझ्ने गराइने
१०स् विभिन्न समिती उपसमितिलाई प्रभावकारी गराइने
११ पत्रकार बुद्दिजिवी बिचमा समन्वय गराइ समय समयमा बहसको थालनी गराइने
११ हरेक पदाधिकारीमा हामी हाम्रो एन आर एन भन्ने सोचको विकास गराइने
१२ पोल्यान्ड रहेका विभिन्न व्यवसायीहरुसित समय समयमा छलफल गराएर उनिहरुका समस्या र समाधानको लागि सक्दो पहल गर्ने
१३ भिजिट नेपाल सम्बन्धि बिशेष कार्यक्रम गरिने ।
१४ हालसम्म एन आर एन ए पोल्यान्डले गर्दै आएको विभिन्न कार्यक्रमलाई बैज्ञानिक ढङ्गबाट पोलिश समुदायसित पनि परिचित गराइने
१५ नेपाली समुदायको लागि स्वास्थ्य सम्बन्धि बर्षमा कम्तिमा १६ पटक परामर्श सेवा सन्चालन गरिने ।
१७ पोल्यान्डमा भएका विभिन्न सन्स्थाहरुसित सहकार्य गरि नेपाल र नेपालीको लागि समय समयमा विभिन्न कार्यक्रम गरिने
१८ विभिन्न राजनीतिक दलहरुसित आवश्यक समन्वय गरि समय समयमा रचनात्मक कार्यक्रमहरु गरिने
१९ अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन नीति अवलम्बन गरिने
२० एन आर एन केन्द्रले उठाउदै आएको दोहोरो नागरिक्ता लगायत विभिन्न राष्टृय बुदाहरुलाई सकृय रुपमा साथ दिन अगाडि बढ्ने ।
२१ खेलाडीहरु कला साहित्यको लागि विशेष कार्यक्रम गरिने
२२ पोल्यान्डमा विभिन्न ठाउँमा काम गर्नेहरुको लागि एन आर एन भनेको यो हो भनेर स्पष्ट पारिने विभिन्न क्षेत्र कम्पनीमा एन आर एन पोल्यान्ड सम्बम्धी गतिबिधी जानकारी गराइने विशेष संयन्त्र विस्तार गरिने
२३ बिद्यार्थीहरु लगयात अन्य इमिग्रेसन सम्बन्धी केही जानकारी को लागि एन आर एन सूचना डेस्क स्थापना गरिने ।२४ बिश्वकै एक मात्र नमुना एन आर एन बिकास गर्दै हरेक ठाउँमा एन आर एन पोल्यान्डको उपस्थिति जनाउने संयन्त्र बिकास गर्ने
२५ नेपाली बाल बच्चाहरुको लागि बिशेष कार्यक्रम ल्याइने
२६ निवर्तमान समितिले गर्दा गर्दै पूरा नभएका कामहरु निवर्तमान समितिलाई नै क्रेडिट जाने गरि कामहरु सम्पन्न गरिने
२७ नेपाली क्यालेन्डर प्रकाशित गरेर विभिन्न ठाउँमा पठाइने
२८ एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई आत्म्साथ गरेर समितिलाई अगाडि बढाइने
२९ हरेक वर्ग समुदायलाई कानुनी काम गर्न प्रेरित गर्ने र कानुनी र गैर कानुनी काम सम्बन्धी समय समयमा बहस गरिने
३० एन आर एन पोल्यान्डले अन्य संघ संस्था र व्यक्तिको सामाजिक कार्यक्रममा सके साथ दिने नसके प्रेरित गरेर भए पनि उनिहरुको उर्जालाई विभिन्न रचनात्मक भुमिकाले अगाडि बढाइने एन आर एन भित्र न भएर बाहिर बसेर पनि नेपाल र नेपालीहरुको लागि काम गर्ने व्यक्तीरसस्थालाइ बिशेष सम्मान गरिने
३१ पोल्यान्डमा नेपाली दुताबास एवम कन्सुलर राख्नको लागि पहल गरिने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु