can
test3

गृहपृष्ठ हरितालिका तीजको अबसरमा महिला समाज पोर्चुगलले भब्य कार्यक्रम गर्ने

हरितालिका तीजको अबसरमा महिला समाज पोर्चुगलले भब्य कार्यक्रम गर्ने

स्थापनाको छोटो समयमा नै सामाजिक कार्यमा ससक्त रूपमा प्रस्तुत भइ सुपरिचित भएको नेपाली महिला समाज पोर्चुगल सरकारको सामाजिक संस्थाको नियम बमोजिम औपचारिक रुपमा दर्ता भएको छ जुलाई २३ तारिख दर्ता भएसंगै महिला समाजले अझ जिम्मेवार र समाजप्रति उत्तरदायी बनेको समाजकी अध्यक्ष निर्मला खराल ढकालले प्रतिक्रिया दिइन । महिला समाजले नेपाल फेस्टिबल र फुटबलमा हेल्थ शिविर संचालन, असाह्यय बालबालिका र मानिसहरूकालागि खाना खुवाउने, पोर्तुगलका नेपाली दिदीबहिनीहरुका विविध समस्या समधान गर्न सक्रिय र अग्रणी भुमिका निभाउँदै आएको छ । पोर्चुगलका नेपाली महिलाहरुले सार्वजनिक रूपमा मनाउंदै आएको तीज कार्यक्रम यसपालि पनि महिला समाजले बृहत रूपमा मनाउने निर्णय गरेको विवरण प्राप्त भएको छ । आगामी अगस्ट १८ तारिख आइतबार पोर्तुगलका नेपाली दिदीबहिनीको साझा संस्था महिला समाजले तीज विशेष तयारीका साथ मनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु