can
test3

गृहपृष्ठ गायन सँगै गित र रचना गर्ने एक बहुप्रतिभाशाली व्यक्तित्व बसन्त लम्साल

गायन सँगै गित र रचना गर्ने एक बहुप्रतिभाशाली व्यक्तित्व बसन्त लम्साल

अधिकांश कलाकारले सफल र चर्चा पाउनका लागी राजधानी नै जानुपर्छ भन्ने मान्यता राख्दछन् । तर मोफसलमै रहेर पनि सफल चर्चित र राष्ट्रिय कलाकार बन्न सफल भइन्छ भन्ने दरिलो उदाहरण बनेका छन् । लोक तथा दोहोरी गायक बसन्त लम्साल अर्घाखाँची घर भए पनि उनको कर्मघर बन्यो बुटवल २०६७ सालदेखी पढाइसँगै कलाकारिता क्षेत्रमा लागेका उनी गायन सँगै गित र रचना गर्ने एक बहुप्रतिभाशाली व्यक्तित्व हुन । पछिल्लो समयमा निकै नै चर्चामा आएका बसन्त लम्साल सँग सत्यदीप सन्देशको लागी बसन्तराज बरालले गरेका कुराकानीको सम्पादीत अंशः–

१.के गर्दै हुनुहुन्छ आजभोली ?
–म पूर्ण रुपमा नै सांगितीक क्षेत्रमा नै छु । गितहरु सिर्जना गर्ने, रेकर्डिङ्ग गर्ने र देशका विभिन्न ठाउँमा कार्यक्रमको सिलसिलामा दौडधुप भैरहेको छ ।
२.कस्ता खालका गीतहरु गाउन मनपराउनुहुन्छ ?
–विशेष गरेर म यो क्षेत्रमा सानै देखि बियोगान्त खालको गीत हरु मन पराउने कारणले मलाइ बियोगान्त र सन्देश दिने खालको गीत हरु मन पर्छ र गाउछु ।
३.अहिले सम्म कति ओटा गितमा स्वर दिनु भएको छ ?
–मेरो पहिलो एल्बम विछोडको घाउ बल्झाउन आउछौ पवित्रा सर्तुङे मगर सँगै सहकार्यको रुपमा सुरुवात गरेको थिए । अनि पछि जिउँदै शद्र्धाञ्जली नदेउ आत्मालाई,संसारै शोकाकुल बन्नेछ सानु,मायामा धोका, तिज गित रिक्सा वाला र दशैंको गित साउदी छौ की कतार,हाम्रो प्यारो अर्घाखाँची,तम्घास माथी रेसुङ्गा रिडि पारी रुरु, नचाईने डोली,जताततै चर्चा छ रबि लामिछाने,मृत्युदण्ड,फेक आइडी,गोरखपुरे रेल गर्दै ६० ओटा गितमा स्वर दिएको छु । साथै भर्खरै बजारमा लिएर आएको छु । र छिट्टै नै बजारमा आउँदैछ ।
४.तपाईलाई बसन्त लम्साल भनेर चिनाउने श्रोत कुन हो ?
–जिउँदै सद्र्धाञ्जली नदेउ आत्मालाई ले लोक तथा दोहोरी गित लुम्बिनी अञ्चलमा अवार्ड प्राप्त पनि गरेको थियो । यसै गितबाट नै मलाई अगाडी बढाउन अझै हौसला प्रदान गरेको थियो ।
५.यस क्षेत्रमा आएपछि आफूले के पाए र के गुमाए भन्ने लाग्छ ?
–मैले यो क्षेत्रमा आएर नाम कमाएको छु नाम पाएको छु , गुमाउन केही पनि गुमाको छैन यो क्षेत्रले मलाइ देश बिदेशमा सम्पुर्ण लोक संगीत प्रेमिहरुको मन मस्तिस्कमा बस्न पाएकोमा मलाइ संगीत को उपाधी पाएको छु त्यसैमा खुसी छु ।
६.एउटा कलाकारले आफूले गाएर सन्तुष्टि लिने हो या श्रोताले मन पराएपछि आफू सन्तुष्टि हुने हो ?
–कलाकार विशेष त गीत गाएर कति बेला सन्तुष्ट हुन्छ भने जुन बेला आफुले गाएको गीत सबै सामु सर्बपृय र सर्बत्र हुन्छ सबैको माया हौसला हुन्छ तेति बेला सुन्तुिष्ट भैइन्छ आफुले गाएर श्रोता दर्शकको माया पाएपछी सन्तुष्ट भइन्छ ।
७.बुटवल क्षेत्रलाई गायन क्षेत्रमा अगाडी बढाउन तपाईको कस्तो योगदान छ ?
–बुटवल क्षेत्रमात्र नभएर लुम्बिनी अञ्चलका सम्पूर्ण सांगितिक क्षेत्रलाई, अभिनय क्षेत्रलाई हरेक क्षेत्रलाई अगाडी बढाउन मैले सक्दो प्रयास र सहयोग गरेको छु । र सधैं भरी गर्ने नै छु ।
८.परम्परागत शैली भन्दा अहिले धेरै भड्किलो रूपमा तिज मनाउने र एक दुई महिना अगाडि नै तिज शुरू भएको भान हुन्छ,यो गलत भएन र ?
–नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिजको सर्वप्रथम हार्दिक मङगलमय सुभकामना व्यक्त गर्दछु । विशेष भन्न चाहान्छु महिला दिदी बहिनी हरुलाइ पहिले को तीज र ऐलेको तीज धेरै फरक भएको छ यो जुन तीज पहिले महिलाको दुख बेदना पोख्ने महिलाको हक र हितको लागि भनेर गीत गाउने निकाल्ने गरिन्थ्यो तर ऐले महङ्गो सारी किन्ने आफ्नो संस्कृती भुलेर ठूलो–ठूलो पार्टी प्यालेस र होटेलहरुमा कार्यक्रम गर्ने आफ्नो गहना प्रर्दशन मात्रै भएको छ । तर आफ्नो संस्कृती र आफ्नो हक र हित को लागि खोइ त तिज,तीज शहरका दिदी बहिनिहरु लाई पुगेको छ तीज भड्किलो बनाइ रहनु भएको छ ती गाउँका दाउरा घाँस गर्ने बिकट गाउँका दिदी बहिनी आमा हरुको हक र हितको लागि खोइ तीज आएको सके सम्म तीज शब्य रुपले मनाऔ भन्न चाहान्छु ।
९.अन्त्यमा तपाई आफ्ना दर्शक श्रोतालाई केही भन्नुहुन्छ की ?
– मैले मोफसलमा नै बसेर लोक तथा दोहोरी गितको संरक्षण तथा जर्गेना गर्न चाहान्छु । यसका लागि सम्पूर्ण संचार गृह, सञ्चारकर्मीहरु तथा सम्पूर्ण श्रोताहरुको साथ तथा हौसला मलाई आवश्यकता छ । र सदैव साथ रहनेछ भन्नेमा पनि विश्वस्त छु । साथै मेरो गीतहरुलाइ माया गर्दिनु भएको छ तपाईं हरुको साथ माया सधै रहने छ तपाइको साथ ले म अगाडि जाने हो मेरो दर्सक श्रोता भनेको मेरो भगवान हुनुहुन्छ त्यसैले सधै भगवानको आशिर्वादले मलाइ अगाडि बढ्ने प्रेणा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु