test3

गृहपृष्ठ ‘पत्रकारिता आफ्नो लागि होईन समाजका लागि गरिन्छ’

‘पत्रकारिता आफ्नो लागि होईन समाजका लागि गरिन्छ’

"विगत १२ बर्षदेखि पत्रकारितामा रमाइरहेको एउटा नाम हो विनोद परियार । बुटवललाई कर्मथलो बनाएका परियार पत्रकारितालाई समाज परिवर्तनको सहज माध्यम ठान्छन । नवलपरासीको विकट क्षेत्र बुलिङ्गटारमा जन्मिएका उनी बुटवल अध्ययन र पत्रकारिता गर्नकै लागि आएका हुन । २०६४ सालमा रेडियो जागरण स्थापनासँगै उनको यात्रा सञ्चारकर्ममा जोडिएको हो । २०४५ साल फागुन १६ गते जन्मिएका परियार रेडियो जागरण, खस्यौली साप्ताहिक हुँदै हाल नागरिक दैनिकमा आबद्ध छन । सामान्य परिवारमा जन्मिएका उनले समाजशास्त्रमा स्नाकोत्तर गरेका छन । हाल बुटवल देविनगरमा श्रीमती आरती गौतम र छोरी अविदाका साथ बस्छन । नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव समेत रहेका तिनै पत्रकार विनोद परियारसँग सत्यदीप सन्देशका बसन्तराज बरालले गरेका कुराकानीको सम्पादीत अंश ।"

तपाईको पत्रकारिता यात्रा कसरी शुरू भयो ?
म सामान्य परिवारमा जन्मिएको व्यक्ति हो । सानैदेखि केहि न केहि नयाँ काम गर्न मन लाग्थ्यो । विद्यालयहरुमा हुने वक्तृत्वकला र कार्यक्रमहरुमा प्रस्तोता हुने खुबै रहर जाग्थ्यो । विशेष गरि एफएम रेडियोका कारण सञ्चार क्षेत्रमा आकर्षित गराएको हो । त्रिभुवन उच्च माविमा अध्ययन गर्दा यो रहरले औधी सतायो । यहि शिलशिलामा २०६२ सालमा एसएलसि परीक्षाका लागि म नवलपरासीको गैडाकोटमा आउनुप¥यो । त्यतिखेर हामी एक महिना अगाडि नै डेरा गरि बस्नुप¥थ्र्यो । डेरा खोज्नेक्रममा दलित भएकै कारण कोठा नपाउने समस्या आयो । मेरा मित्र प्रकाश गिरी र म दुई दिनसम्म कोठा खोज्दा पनि नपाएपछि अन्त्यमा मुस्किलले एउटा घरमा कोठा पाइयो । तर, बसेको २० दिनका दिन जात थाहा पाएपछि म कोठाबाट निकालिए । यो घटनाले मलाई निकै तनाव दियो । त्यसपछि म जागरण मिडिया सेन्टरसँग सम्पर्कमा गए । तत्तकालिन जागरणका चितवन प्रतिनिधि शिवजि गायकलाई भेटेर चितवनमा पत्रकार सम्मेलन गरि जातीय भेदभाव विरुद्ध बोलेको थिए । त्यतिखेर म कोठाबाट निकालिएको समाचार पत्रपत्रिका र एफएम रेडियोमा बजेको थियो । मिडियामा मैलै कुरा राखेपछि मसँग सिगो समाज लाग्यो । एक प्रकारले मैलै न्यायको अनुभूती गरेँ । यो घटनाले मलाई समाज परिवर्तन गर्ने सशक्त माध्यम पत्रकारिता अर्थात सञ्चार क्षेत्र रहेछ भन्ने लाग्यो । विद्यालय पढदाको एफएममा बोल्ने रहर र आफ्नो जीवनमा घटेको घटनाले मलाई पत्रकारितामा डो¥याउन सहयोग गरेको हो । यहि सन्दर्भमा मेरो इच्छालाई जागरण मिडिया सेन्टर र रेडियो जागरणले साकार पारेको हो । जागरण मिडिया सेन्टरका विनोद पहाडी, रेम विश्वकर्मा, दीपक परियार, स्व. सुभाष दर्नाल, राजेन्द्र बस्ताकोटी, सुमन अधिकारी, चिरन बराल, रामप्रसाद आचार्य र उमा पौडेलले मेरो यात्रालाई बुटवलमा टिकाउन थप सहयोग गर्नुभयो । र आजसम्म पत्रकारितामा रमाइरहेको छ ।
यहाँको बुझाईमा पत्रकारिता के हो ? कसरी गर्नु पर्दछ ?
पत्रकारिता नितान्त समाजका लागि गरिने इमानको पेशा हो । यो पेशामा आफ्नो व्यक्तिगत इच्छा, आकाक्षा र स्वार्थ हावी हुनु हुँदैन । नितान्त समाजका लागि निस्वार्थ भएर इमानका साथ सत्यको पक्षमा बोल्ने, लेख्ने पेशा हो । पत्रकारिता जहिले पनि शक्ति र सत्ताको निगरानी गर्छ ।
सत्यका लागि शक्तिको विरोध गर्ने, सत्ताका लागि मरिहत्ते गर्ने गलत प्रवृतिको जहिले पनि विरोध गर्नुपर्छ । भनिन्छ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेको काम नागरिकका पक्ष छन की छैनन, यी तीनै अंगले गलत काम गर्दा त्यसको गल्ती औल्याउने काम सञ्चार क्षेत्रले गर्छ । यसकारण हाम्रो पेशालाई चौथौ अंग पनि भनिन्छ । तसर्थ यो पेशा स्वार्थ रहित व्यक्तिहरुले मात्रै गर्ने पेशा हो । कसैले चाहदैमा सजिलै गर्न सक्ने पेशा पनि होईन । निरन्तरको अध्ययन, आम नागरिकको सर्वोपरी हित गर्ने दृढ संकल्प सहित पत्रकारिता गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रा अग्रज पत्रकारहरुले निकै निष्ठा र जीवनको उर्जावान समयको त्याग गरेर पत्रकारितालाई व्यवसायिक यूगमा ल्याउनुभएको हो । तसर्थ हामीले जहिले अग्रजलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन गर्नुपर्छ । यहि सोँचका साथ पत्रकारिता गर्नुपर्छ भन्ने मान्यता छ ।

पत्रकारिता क्षेत्रमा आएपछि के पाउनु भयो के गुमाउनु भयो ?
मैलै परिचय पाए । आज प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट पत्रकारिता गर्नेहरु को को छन भनेर भन्दा मेरो नाम जोडिएको छ । समाचारकै कारण कसैको जीवन परिवर्तन भएको छ ।
पत्रकारिताकै कारण आजसम्म बुटवलमा टिक्न विक्न सकिएको छ । परिवारसँग दुःख सुख साटेर जीवन यापन भइरहेको छ । वुवा आमा पनि खुशि हुनुहुन्छ । आज एउटा सामान्य कार्यक्रम प्रस्तोताबाट सञ्चारकर्मममा होमिएको म विभिन्न सञ्चारगृहमा नेतृत्व तह हुँदै पत्रकार महासंघको पदाधिकारीसम्म हुन पाए । यो नै मेरो पत्रकारिताको प्राप्ति हो । अर्को सबैभन्दा ठूलो कुरा भनेको मैलै पत्रकारिता नगरेको भए, समाज नै बुझ्न सक्ने थिइन । समाजका हरेक पात्रहरुसँग भिज्ने मौका मिलेको छ ।  के गुमाए भन्दा वुवा आमासँग बस्न पाइन । आफ्नो जन्मभूमि छाड्नु पर्यो । यहि हो । जीवनको उपलब्धिको मापन आर्थिकलाई नमान्ने हो भने अध्ययन, समाज र परिचयलाई मैलै उच्चतम प्राप्ति नै मान्नुपर्छ । अन्यथा त्यस्तो धेरै गुमाए भनेर पछुताउनुपर्ने अवस्था छैन ।

पत्रकारितालाई राम्रो विकास गर्नका लागी के कस्ता कदम चाल्न आवश्यक ठान्नुहुन्छ ?
पत्रकारिता भनेको त्याग र सम्र्पणबाट हुने पेशा हो । पत्रकारिताका लागि अध्ययन अनिवार्य हुन्छ । तर, अध्ययन मात्रैले पुग्दैन । यसको लागि फेरी पनि सम्र्पण नै चाहिन्छ । पत्रकारिताको विकास भइरहेको छ । अहिले बढि चुनौती भनेको नयाँ मिडिया हो । आम सञ्चारका माध्यम पत्रिका, रेडियो र टेलिभिजनलाई अनलाईन मिडियाले चुनौती दिएको छ । मिडियाको महत्व दिनप्रतिदिन बढिरहेको छ । तर माध्यम परिवर्तन भएको छ । यसकारण अब पत्रकारितालाई टिकाउनका लागि प्रविधि सिक्न अनिवार्य भइसकेको छ । सरकारले पत्रकारितालाई मर्यादित बनाउनका लागि स्थापना गरिएका संरचना गतिशिलता बढाउनुपर्छ । मिडियाको संख्या मात्रै भन्दा पनि यसको गुणात्मक विकासमा ध्यान दिनुपर्छ । अहिले पत्रकारिता बिषय पढाई हुने भएकाले यसको बजारका लागि सबै निकायहरु सहयोगी बन्न सक्नुपर्छ ।
पत्रकारिता गरेर बाँच्न सकिएला ?
हरेक पेशामा चुनौती छ । सन्तुष्टिको आधार केलाई मान्ने भन्ने हो । पत्रकारिता गरेर बाँच्न सकिदैन भन्ने होईन । हामीले कस्तो पत्रकारिता गरेका छौं, कसरी गरेका छौं भन्नेले निर्धारण गर्छ । चुनौती आज हरेक क्षेत्रमा छ । काम गर्नेहरुका लागि मिडियामा अहिले पनि प्रशस्त्र अवसर छ भन्ने लाग्छ ।  गुणात्मक काम गर्नेहरु बाँच्न सहज छ । तर अर्को पाटोले हेर्दा मोफसल र जिल्ला तहका मिडियाहरुमा काम गरेर बाँच्न सकिएला ? भन्ने प्रश्नले झस्काउछ नै । यसको लागि पत्रकारले गुणस्तरीय र आफनो क्षमता अभिबृद्धि गर्ने र सञ्चालकहरुले बुझेर मात्रै मिडिया हाउस सञ्चालन गर्ने हो भने पत्रकारितामा लागेर गौरवमय जीवन जिउन सकिन्छ ।
चुनौती कत्तिको खेप्नुपरेको छ आजसम्म आइपुग्दा ?
चुनौतीहरु त स्वभाविक खेप्नुपरेको छ नै । शुरुवातमा बुटवलको बसाई नै एक्लो व्यक्तिका लागि चुनौती बन्यो । वुटवलमा सबैसँग घुलमिल हुनुपर्ने, पत्रकारितामा कसरी नयाँ गर्ने यस्तै अप्ठ्यारालाई सामना गर्दै अघि बढेको छु । समाचार लेखेकै कारण पनि केहि असहज अवस्थाहरु आए । समाजको हितका निम्ति काम गर्दा केहि कठिनाईहरु आएका थिए । यसका अलवा शुरुवातमा स्थापित हुनकै लागि ठूलो संघर्ष गर्नु¥यो । त्यो संघर्षले जीवनलाई बुझ्ने ठूलो अवसर पनि मिल्यो । आज जहाँ चुनौती त्यहाँ उत्तिकै सम्भावना भन्ने भोगाई बनेको छ ।
पत्रकारिताको भविष्य छ त ?
जबसम्म मानव रहन्छौ, तबसम्म पत्रकारिता चलिरहन्छ । सूचना विना कोही पनि बाँच्न सक्दैन । सूचना प्राप्त गर्ने माध्यमम फेरिन सक्छ । तर, सूचनाको तिर्खा लागिरहन्छ । पत्रकारिताको भविष्य अनन्त छ, माध्यम मात्रै परिवर्तन हुने हो । मूलूक अहिले संघियतामा गएको छ । अहिले त झन मिडियामा नयाँ नयाँ अवसरहरु सृजना भइरहेको छ । मेहनत गर्ने र इमान्दार व्यक्तिहरुका लागि मिडियामा भविष्यका नयाँ नयाँ ढोका खुलिरहेको छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिला त सत्यदीप सन्देश लाई मेरो विचार सम्प्रेषण गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु । पत्रकारितालाई समाजको ऐनाको रुपमा बुझ्न जरुरी छ । यो पेशा एउटा पत्रकारहरुको जीवनका लागि हुँदैन । आम नागरिकहरुको लागि गरिन्छ । पत्रकारिताले समाजलाई मात्रै डोर्याउदैन । विश्व चिनाउछ पनि । यो पेशामा आउनेहरु इमान्दार र कसैको पक्षपोषक हुने गरि आउनु हुँदैन । यो पेशाले न्याय, समानता, जवाफदेहिताका लागि निरन्तर पैरवी गर्छ । भविष्य पनि उज्जवल छ । आज एक जना व्यक्तिले पत्रकारिताको मान्यता अनुसार काम गरे, कोठामै बसेर यूटुब चलाएर समाज रुपान्तरणको अभियानमा सामेल हुन सक्छ । पत्रकारिताले जे गर्छ समाजका लागि गर्छ, यहि रुपमा बुझ्न अनुरोध गर्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु