test3

गृहपृष्ठ हिजोको दिनहरुमा जे चलिरएको थियो त्यो कम हुँदै आएको छ । सुरज गैह्रे (बिवश)

हिजोको दिनहरुमा जे चलिरएको थियो त्यो कम हुँदै आएको छ । सुरज गैह्रे (बिवश)

नेपाली साहित्यको फाँटमा नवोदित गजÞल मुक्तक तथा गितकारको रूपमा चिरपरिचित नाम हो सुरज गैह्रे (बिवस) ,स्याङ्जा जिल्ला वालिङ – १३ मा वुवा गुरुप्रशाद गैह्रे आमा माया देवी गैह्रेको कोखबाट २०४९ माघ १९ जन्मनु भएका उहाँले +२ उतिर्ण गर्नु भएको छ । हाल युएईलाई कर्मथलो बनाएर आफ्नो जिन्दगीलाई साहित्य र गित संगीतमा ढाल्ने गर्नु भएका गैह्रे बिदेशी काम लाई भन्दा आफ्नै स्वदेश को काम प्यारो लागे पनि बिदेशिनु आफ्नो बाध्यता रहेको बताउनुहुन्छ । उहाँको हाल सम्म प्रकाशित पुस्तक नभए पनि थुप्रै थुप्रै संयुक्त गजल संग्रहमा,देश भित्र र बाहिर बाट प्रकाशित हुने अनगिन्ति अनलाइनहरूमा वहाँका गीत,गजल तथा मुक्तक नियमित रूपमा प्रकाशित हुँदै आएका छन् । सरल.स्पष्ट र शालीन व्यक्तित्वका धनी सुरज गैह्रे (बिवश) को एकल गिती गजल एल्बम “सुरज“ र दिपक काफ्लेको एल्बम “ आरती“ र अन्य आधुनिक गित र लोक गित मा कलम चलाई सक्नु भएको छ । विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि राख्नु हुने गैह्रेको प्रत्येक रचनाहरूमा देश बोलेको हुन्छ , समाज बोलेको हुन्छ,माया प्रेम तथा जीवन र जगत समाहित भएको हुन्छ । देशमा विद्यमान विसङ्गती र विकृतिहरूप्रति कडा प्रहार हुने वहाँका रचनाहरू सरल,सरस र सजीव हुन्छन् । बिबिध बिषयमा सुरज गैह्रे (बिवश) सँग सत्यदीप सन्देशको लागी बसन्तराज बरालले गरेका कुराकानीको सम्पादीत अंशः–

१ साङ्गितिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
स्कुल पढ्दै देखि हल्का गाँउने अनि कर्याक्रमहरुमा गित कोर्ने कोसिस गरि नै रहन्थे एउटा मेरो रुचिको बिषय पनि थियो ! बिस्तारै गर्दै जादा क्याम्पस पढ्ने बेला बाट साहित्य मा अल्लि बढी रुचि बढ्न थाल्यो गजल मुक्तत हाईकु कबिताहरुमा ध्यान गयो र बिस्तारै कोर्दै गय त्यहा बाट देखिनै गित सङ्गीत प्रती ध्यानाकर्षण हुँदै गयो र पहिलो गजल गित “ धुजा धुजा पार्यो मुटु“ सार्बजनिक गरे राम्रै भयो दर्शक श्रोताको माया पाय अनि बिस्तारै अगि बढ्दै गय र अहिले पनि यहि छेत्रमा देखिन्छु बेला बेला ।
२.बिगत देखि वर्तमान सम्म आइपुग्दा कति म्युजिक भिडियोमा शब्द भर्नु भएको छ ?
अहिले सम्म मैले १७÷१८ गितहरुमा शब्द कोरेको छु र ४÷५ गितहरु आउने क्रममा पनि छन । यस मध्य “धुजा धुजा“ , “म यो धर्तिको“, तिम्रो साथ पाउँदा, “मृतु कहाँ“ , “काली मन पर्यो“ मन पराय मैले“ र “एउटा पाईलो प्रदेश“ आदि गितहरुले दर्सक श्रोता माझ सुरज गैह्रे (बिवश) भनेर चिनिने मौका मिल्यो । पहिलो पटक दशैमा काम गर्दै छु ।
३. संगीतमा लाग्ने रहर कि बाध्यता ?
पहिले पहिले रहर थियो मलाइ पनि अग्रजहरु जस्तै बन्ने उहाँहरुको जस्तै जिन्दगी बनाउने पहिले रहरमा नै गरियो अहिले बाध्यता नै त नभनौ तर बर्षको एक राम्रो गित दिनसकु दर्शक श्रोताहरुलाइ भन्ने लाग्छ ।
४.कसको प्रेरणाले गर्दा यो क्षेत्रमा लाग्न प्रेरित गर्‍याे ?
मेरो भिनाजु अर्जुन अबिरल ! उहाँ पनि एक अब्बल साहित्यकार हुनुन्छ । मैले लेख्ने क्रममा उहाँले धेरै सल्लाह सुझाब दिनुहुन्थो । सुरुका दिनहरु देखि नै लेख्न सक्छौ केही हुन्छ भन्ने उहाँ को शब्द नै अहिलेको सुरज हो ।
५.नेपाली सङ्गीत भित्रको बिकृति लाई कसरी हेर्नुहुन्छ ?
यो एउटा समय हो समयले नै सबै परिबर्तन गर्छ हिजो को दिनहरुमा जे चलिरएको थियो त्यो कम हुँदै आएको छ । अहिलेका गित सङ्गितमा मौलिकता देखिदै गएको छ । त्यसैले बिकृती हराउदै जान्छ यो सम्बन्धि धेरै नबोलौ ।
६. घरपरिवारको सहयोग कस्तो छ ?
सन्तोसजनक नै छ ।
७.अन्तमा केही भन्नु चाहनुहुन्छ ?
दर्शक श्रोताहरुले मेरा सिर्जनाहरु मन पराई दिनु भयको छ । यसै गरि हौसला दिनु हुने छ । सुरुका दिनदेखी नै राम्रो प्रतिक्रिया पाउने गरेको छु । दर्शक श्रोताको चाहाना अनुरुप नै गित ल्याउने कोसिस गर्ने छु । अब आउने सिर्जना पनि यसै गरि माया गरि दिनु होला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु