add frist

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौं, साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत नेता चयन गरेको सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो।यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको छ ।

यादव एक्लैको उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत दलको नेता चयन हुनुभएको छ। निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो । यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु