add frist

के भो यस्तो ?

"कविता"

दुईतीन दिन अलि ज्वरो आएर सुतें
हिजोभन्दा आज बढेकाले, जँचाउनका लागि कुदें
डाक्टरले शंकाले स्वाव लिए मेरो
भोलि आउनु हजुर ! रिपोर्ट आउछ यस्को
म बल्ल बल्ल घर आएँ छिमेकीले उपल्लो तलाबाट हेर्छिन्
देख्ने बित्तिकै कुलेलम ठोकिछन् दिदी त बाघको पञ्जाबाट फुत्केको मृग भागे झैं
साहिली दिदी खुरुर्र बेतोडले कुद्दा ढोकामा ढलिछन् ।
क्mे भो यस्तो अचम्म, यसो माथि हेरेको त,
टुल्की बैनी डरले झ्यालबाट लुकेर हेरिरहेकी !
आउन पनि रिपोर्ट त पोजेटिभ पो आएछ ।
बाहुन दाइ बोल्दा नि मरिहालिन्छ झैंगरेर
गुरुङ भाइ र मगर्नी दिदी भित्रको भित्रै पो भएछन् ।
कोही आउदैन मेरो घर, सहयोगका नाममा फोन उठाउन मान्दैनन् ।
बाआमा इन्तु न चिन्तु भै लडेका छन् ओछ््यानमा
पत्नी पखलाले ट्वाइलेट छोड्न मान्दिनन् ।
छोराछोरी बिचरा पापा र माम खोजी रहेछन् ।
आफैलाई पनि भोकले याकुल र ब्याकुल भएको छ ।
आज म र मेरो परिवारले किन भोग्नु प¥यो यस्तो ?
सकि नसकि भान्सामा जान्छु खाना बनाउने समानै सकिएछ
खोजखन्तर गर्दा पाएको मुठी पिठोको खोले र आलुदम
काखको छोरो पनिे खान पाएकोमा रमाएर उफ्रेछ एकदम
भरेभोलि खाने केहो केही थाह छैन,,यसमा मेरो केको दोष ?
कैयौं मान्छे खान नपाइ मरेका छन्, कैयौं भएका छन् बेहोस् ।
टाउको दुखेको बेला सिटामल छैन, अक्सिजन त परको कुरा,
नेताहरुलाई कुर्ची चाहिएको छ, सुन्ने हैनन् जनताका कुरा ।
कान्छाहरु घरभित्र मरे, जेठाहरु हस्पिटलतिर
लाशहरु बेबारिसे बने, मान्छे त्यसै कुहिएका छन् ।
अर्काले दिइएको खजना पनि, ठाउँठाउँबाट चुहिएका छन् ।
रोग निवारणका लागि ल्याइएको खोप, केबल बहाना मात्र भो,
रोग भन्दा पेटपूजा गर्न नपाएर, अकालमै मर्नु पर्ने भो ।
हजारौंले बाटो तताए, लाखौं संख्यामा संक्रमित बने,
महामारीले रित्तो बनाउने भो घरहरु, बेलैमा होश नराख्ने हो भने
हे देशद्रोही पापिष्ट कलीका शैतानहरु हे ,
घ्याम्पे पित्तले भूँडी हिरोसीमा र नाकासाकीमा बम पड्के झैं
ड्याम्म पड्कन सक्छ होश गर यो भन्दा बढी हसु¥यौं भने ।
सरकार ! खान नपाउनेलाई खान दे, किन बस्छस् कुर्चीमा अन्धो भैं
सत्ताको मोह कतिसम्म प्यारो छ सरकार ! कति बस्छस् निष्टुरी भैं ।
ब्ुाझेका छैनन् तानाशाहहरुले, जनता हुन जनार्जजन,
लघार्ने छन् दुष्टपापीहरुलाई, नङ्ग्याउने छन् सर्बाङ्गम ।
उदाउने छ भर्बराउदो सूर्य, फक्रने छन् जनपालुवाहरु,
हट्ने छ कालो मैलो , खुशी रहनेछन् देशबाशीहरु ।

पोखरा —१०, मिलनटोल, कास्की । [email protected]

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु