add frist

सत्यदीप सन्देशकर्मी पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित

बुटवल,चैत । सत्यदीप सन्देश पोर्चुगलका   सम्वाददाता कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित भएका छन् ।

शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा प्रेम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचन समितिका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन्।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन्।

शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन्। अधिवेशनका लागि केन्द्रीय समितिबाट बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा केन्द्रीय प्रतिनिधि तोकिएका थिए।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा.उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो।

शाखामा ५९ सदस्य रहेका छन्। शाखाको चौथो अधिवेशनको उद्घाटन फेब्रुअरी २० मा भएको थियो।उनको सक्रियता र योगदानले सस्थालाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु