add frist

जिवनमा गुमाएको कुराको लेखाजोखा गर्ने गरेको छैन ।

लामो समय देखि सामाजिक सेवामा समर्पित एक कर्मठ व्यक्ति हुन् कल्पना श्रेष्ठ । विगत ३२ वर्ष देखि बुटवलमा बसोबास गर्दै आएकी श्रेष्ठ विभिन्न संघसस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय छन । २०७२ सालमा एटलस वेलफेयर अर्गनाइजेशन स्थापना गरेर संस्थापक अध्यक्ष भई विभिन्न सामाजिक कार्य गर्दै आएकी कल्पना श्रेष्ठसँग सत्यदीप सन्देशका बसन्तराज बरालले गरेका कुराकानीको सम्पादित अंशः

सामाजिक क्षेत्रमा कहिले र कसरि प्रवेश गर्नुभयो ?
म सानै देखी नै मेरो परिवारले गर्ने सामाजिक कामहरु देख्दै हुर्केको हो । त्यति बेला देखि नै सामाजिक काम गर्नुपर्ने रहेछ भन्ने मनमा लागि रहन्थ्यो । तर गृहस्थि जिवनमा मैले त्यस्तो माहोल पाएन । मेरो मनमा भित्रैदेखि नै सामाजिक काम गर्ने इच्छा हुदाँहुदै पनि खुलेर समाज सेवामा लाग्न सकिन,विस्तारै अन्य संघ सस्थाहरु संग जोडिदै आए । यसरी काम गर्दा झन उत्साह बढेर आयो । त्यसपछि हामिले २०७२ सालमा एटलस वेलफेयर अर्गनाइजेशन स्थापना गरेर सामाजिक कार्यमा सक्रिय भएको ५ वर्ष भयो ।

सामाजिक क्षेत्रमा लागेर के पाए र के गुमाए भन्ने लाग्छ ?
पहिलो कुरा त मैले जिवनमा गुमाएको कुराको लेखाजोखा गर्ने गरेको छैन । नकारात्मक कुराको पछाडि म लाग्दा पनि लाग्दिन । झन सामाजिक क्षेत्रमा लागीसकेपछि मैले धेरै सकारात्मक कुरा सोच्ने गर्दछु । त्यसैले यस क्षेत्रमा लागेर मैले आत्मसन्तुष्टि पाएको छु यहि नै मेरो खुसि हो ।

यस क्षेत्रमा लागेपछि सम्झन लायक क्षण केही भयो कि ?
हाम्रो संस्थाले रुपन्देहिको विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरु संचालन गरेको थियो । २०७५सालमा मर्चवारमा स्वास्थ्य शिविर गरेका थियाँै । उक्त शिविर सम्पन्न भइसकेपछि त्यसको प्रभाव कस्तो पर्यो भनेर हामि फेरी अवलोकनमा गएका थियौ । त्यही गाउँको एकजना महिलाले हामिलाई देख्ने वित्तिकै मेरो टाउको दुखेको छ औषधि ल्याउनु भाको छ कि भनेर सोध्दा मलाई अचम्म लाग्यो । अन्य कामहरुमा जतिपनि रकम खर्च गर्न खोज्ने त्यो समुदाय आफ्नो स्वास्थ्यको लागी खर्च गर्न नखोज्ने रहेछन । रुपन्देहिमा अहिले पनि त्यस्तो समुदाय रहेछ जहा विशेष गरि अझ महिलाहरु आफ्नो लागी होइन अरुको लागी बाच्छन । आज पनि मर्चवारको नाम सुन्दा मलाई त्यहि घटनाको याद आउछ ।

भावि योजना के छ ?
हाम्रो संस्थाले स्वास्थ्यको क्षेत्रमा नै काम गर्दै आएको छ त्यसैले स्वास्थ्य समस्याको रुपमा अझ विकराल रुपमा देखिएको मनोरोग सम्बन्धि समस्यालाई अगाडि बढाउने कि भनेर मनोरोग परामर्श केन्द्र खोलेर समाजमा मनोरोग समस्याहरुलाई समाधान गर्ने योजना बनाएको छ ।

समाजमा युवाहरुलाई कसरी परिचालित गर्नुपर्दछ भन्ने लाग्छ ?
देशको भोलीको भविष्य नै युवाको हातमा छ । राजनितिक होस या सामाजिक हर क्षेत्रमा युवाहरुलाई अवसर दिएर अगाडि बढ्न प्रोत्साहन गर्नुपर्दछ । त्यसैले युवाहरुलाई सहि रुपमा परिचालन गरेर समाज र देशको विकास गर्न सकिन्छ ।

समाजमा भएका समस्याहरुलाई कसरी समाधान गर्न सकिएला ?
समाजमा विकराल रुपमा देखिएका समस्या भनेको बेरोजगारी , अन्धविश्वास ,अराजकता र व्यवसायिक परियोजनाको कमि हुन । यि समस्याहरुलाई समाधान गर्नको लागी रोजगारीको सिर्जना गर्नुपर्यो , युवाहरुलाई व्यवसायिक कृर्षि खेतिमा आकर्षित गर्नुपर्यो , र जनचेतनामुलक कार्यक्रमहरु गरेर समाजमा रहेका अन्धविश्वास हटाउने कामहरु गरेमा समाजका समस्याहरु समाधान गर्न सकिन्छ कि जस्तो लाग्दछ ।

अन्तमा केहि भन्नुहुन्छ कि ?
हामि सामाजिक प्राणि भैसकेपछि समाजप्रति हाम्रो पनि उत्तरदायित्व हुन्छ । समाजका समस्याहरुले हामिलाई पनि प्रभाव पारिरहेका हुन्छन । सामाजिक कार्यमा हामि सबै लाग्नुपर्छ । समाजका समस्याहरु एक्लो व्यक्तिले गर्न सकिदैन । संघ संस्थाहरुको माध्यमले समाजसेवामा लाग्नु पर्छ । समाजसेवा देखावाको लागी होइन मनैदेखि नै समाजसेवाको भावना आउनुपर्छ । आफ्नो र मेरो को भावना छोडि अरुका लागी र समाजका लागी बाच्न सिकौ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु